बेलायतमा एभ्रेष्ट एकाउन्टेन्सीको शाखा विस्तार

लण्डन । बर्मिघमस्थित एभ्रेष्ट एकाउन्टेन्सी फर्मले आफ्नो शाखा विस्तार गरेको छ । यसअघि वल्वामहाम्टनबाट सेवा शुरु गरेको सो कम्पनीले बर्मिघम क्षेत्रबाट नयाँ सेवा सुरु गरेको हो । सो सेवाको सोमवार हाम्रो नेपाली समाजका अध्यक्ष शीव खरेलले रिवन काटेर उद्धघाटन गरे । एकाउन्टेन्सी हरी सापकोटा, अनोज पौडेल, कृष्ण खड्कका, लिक्युट शाह मिलेर संचालन गरेका हुन् ।

फर्मले अध्यागमन, कर, सार्वजानकि भत्ता लगायतको क्षेत्रमा काम गर्ने वताएको छ । कार्यक्रममा त्यहाँस्थित नेपाली सामाजिक संघसँस्थाका प्रतिनिधी लगायत करिब दुई सय जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै खरेलले नेपाली व्यवसायी बढ्दैं गएकोमा खुशी व्यक्त गर्दै सफलताको लागि शुभकामना दिए ।
(नेपालब्रिटेनको सहयोगमा)