एति सम्म फोहोर गरेर मोमो बनाउने गरिन्छ राजधानीमा !हेर्नुहोस मोमो भैसीको बिजोक भिडियोमा

काठमाडौं उपत्यकामा राँगा भैसी किन भित्राइन्छ ? एउटै जवाफ हो, मासुकालागी । राँगा–भैसी सम्बन्धी यो सवाल जवाफ तपाईं हामी कसैकालागी पनि नयाँ नलाग्न सक्छ । तर काठमाडौंमा कसरी ल्याईन्छ, राँगा–भैसी भन्ने दृश्य चाहिं आम मानिसकालागी अस्वभाविक र कारुणिक लाग्न सक्छ । हो, त्यही कारुणिक दृश्य हामी यहाँहरुलाई देखाउँदैछौं –

राँगा–भैसी बोकेको यो ट्रकलाई हामीले नारायणघाट–मुग्लिङ सडक खण्डमा फेला पारेका हौं । जहाँ यतिवेला सडक मर्मतको काम भइरहेको छ । तपाईंहरुले नियालेर हेर्नुभयो भने देख्न सक्नु हुन्छ, यी राँगा–भैसीका पुच्छर माथि लगेर डोरीले बाँधिएका छन् । र, अझ नियाल्नु भयो भने यिनलाई नाकी छेडेर अर्को डोरी माथि लगेर बाँधिएको छ ।

गाडी जति हल्लिन्छ त्यति नै गाडीका राँगा–भैसी हल्लिन बाध्य हुन्छन् । तर यी प्राणीहरु हल्लिदा पुच्छर तानिन्छ र नाकमा छेडेको डोरी पनि तानिन्छ । नारायणघाट मुग्लिङ सडकखण्ड भत्किएर गाडी नै उफार्दै कुदाउनु पर्ने हुनाले यी राँगाभैसी नहल्लि रहन सक्दैनन् । अगाडिवाट नाक तानिन्छ भने पछाडिवाट पुच्छर तानिन्छ ।

कतिपयवेलामा पुच्छर चुटिएर पनि भैसी मर्ने गरेको अनुभव छ, ट्रकका खलासीको । उनका अनुसार नाकी छेडेर डोरी लगाएको ठाऊँवाट डोरी चुटिने भन्दा पनि नाकको कुर्कुरे हड्डी नै फुटेर डोरी निश्कने गर्छ । तर ती खलासी र वा ड्राइभरहरुले हाम्रो क्यामेराको अगाडि आएर अनुभव सुनाउन चाहिं इन्कार गरे ।

हामीले देख्दादेख्दै एउटा भैंसी उभिन नसकेर बस्यो । लकिली, त्यस भैसीलाई बाँधिएको डोरी चुटिएको थियो । अनुभवीहरु भन्छन् –‘यसरी बसेका राँगाभैसी पनि अरु उभिएकाहरुको कुल्चाईले मर्छन् । अर्थात बसेभने पनि मर्छन्, अफ्टेरो बाटोमा उभिन कष्टभयो भने पनि पुच्छर चुटिएर मर्छन् । जो जिवीतै काठमाडौं ओलिन्छन्, ती पलपलमा मरेर आइपुगेका हुन्छन् ।

मासुका लागि मात्र काठमाडौंमा भारतबाट हप्तामा तीन हजारदेखि ३५ सयसम्म राँगाभैसी भित्रिने गरेको तथ्याङ्कले देखाएको छ । यस तथ्याङ्कलाई आधार मान्ने होे भने काठमाडौंमा मासिक १२ हजारदेखि १४ हजारसम्म राँगाभैसी मासुका लागि खपत हुँदै आएको छ ।

काठमाडौंमा नेपालका विभिन्न भूभाग र मूलतः भारतबाट राँगा भैसी भित्रिने गरेको पाइन्छ । मासुका लागि स्वस्थकर छन कि छैनन् भन्ने प्रश्न त यहाँ कसैले कसैलाई गर्दैन । काठमाडौंमा भित्रिने अधिकांस भैसीहरु हेर्दैमा घिन लाग्दो, रोगी, प्रजनन हुन छाडेको, आँखाबाट आँसु बगिरहने जस्तो मात्र देखिन्छन् । यसको मुल कारण चाहिं काठमाडौं भित्राउँदा उनीहरुले पाउने पीडाले पनि हो भनेर बुझ्न सकिन्छ । के जिवित राँगाभैसीलाई ल्याउने उपाय पुच्छर बाँधेर र नाक छेडेर मात्र हो ? पशुअधिकारका पक्षधरहरु यस्ता ब्यवहारका सम्बन्धमा किन बोल्दैनन् ? के यी राँगाभैसीहरुले यसैगरी यातनाग्रस्त जीवन बाँच्नु पर्ने हो ?