फणिन्द्र ठकुरी को पार्यो तिरिमिरी नया पन्चे बाजा गित भिडियो

गायक फणिन्द्र ठकुरीले पछिल्लो समय नयाँ गीत लिएर आएका छन् । नेपाली मौलिकता बोकेको पञ्चेबाजा पा¥यो तिरिमिरी लिएर आएका हुन् । कुनै बेला चर्चाको शिखरमा रहेका गायक ठकुरी पछिल्लो समय भने दोहोरी गायनमा मात्र सीमित रहेर बसेका थिए । यतिबेला उनको नयाँ गीत बजारमा आएपछि पुनः उनको चर्चा बढेको छ । हमाल म्यूजिकबाट बजारमा आएको उनको पा¥यो तिरिमिरी लाई चर्चित गायक राजन ठकुरीले लय तथा शब्द सिर्जना गरेका हुन् । फणिन्द्र ठकुरी र पूर्णकला बिसीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो पनि यतिबेला चर्चाको शिखरमा छ । शम्भू चालिसेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । सज्जन हमालको निर्देशन रहेको यस म्यूजिक भिडियोमा विवश ठकुरी र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।