मिस पिस लुम्विनी २०१८ को उपाधि बुटवलकी भवानी थापा घोािषत !

बुटवल । मिस पिस लुम्विनी २०१८ को उपाधि बुटवलकी भवानी थापा घोािषत भएकि छिन । तपाइलाइ नर्स हुन या नर्सिङ्ग क्षेत्रमा लाग्नका लागी सवैभन्दा धेरै के कुराले प्रेरित गर्यो ? भन्ने प्रमुख निर्णायक मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठले सोध्नु भएको प्रश्नमा अनुशासन, धैर्यता र महानता जस्ता कयौ गुणले मलाइ यस क्षेत्रमा लाग्नका लागी प्रेरित गरेको भन्ने जवाफ दिदै भवानी थापा मिस पिस लुम्विनी २०१८ घोषित भएकी हुन ।

उनलाइ मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले र मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठले क्राउन लगाउदै मिस पिस लुम्विनी घोषणा गर्नुभएको हो । भवानीले उपाधि सहित सुभलाभ कस्मेटिक मिस पर्सनालिटी अर्वाड समेत जितेकी छिन । प्रतियोगितामा बुटवल कालिका नगरकी आयुषा रेग्मी फष्ट रनर अप , सैनामैना मुर्गियाकी रिता गुरुङ्ग सेकेण्ड रनर अप घोषित भए । फष्ट रनर अप आयुषा रेग्मिलाइ डार्सिज इन्टरनेशनल होटलका निर्देशक बिकास पाण्डे र निर्णायक प्रज्ञा तिवारी, सेकेण्ड रनर अप रिता गुरुङ्ग लाइ निर्णायकत्रय कविता पुन, प्रशान्त चापागाइ, पवन आचार्यले सयुक्तरुपमा क्राउन तथा स्यास लगाइदिनु भएको थियो ।

नर्सिङ्ग पेशामा लागेका युवतिको प्रतिभा प्रष्फोटनको लागी कार्यक्रम आयोजना गरिएको मञ्जरीका अध्यक्ष बिशाल एच आलेले बताउनु भयो । होराइजन फुड ल्याण्ड मिस फोटोजेनिक, पिस लुम्विनी मिस क्रियटिभ प्रशन्ना थापा, सि इनर्जि लेडिज फिटनेश मिस क्याटवाक एलिसा क्षेत्री , आइएफसि गुडविल एम्वेसडर रिता गुरुङ्ग, मुभि क्लव नेपाल मिस मल्टिमिडिया आयुषा क्षेत्रीले जितेका छन । प्रतियोगिता शनिवार बुटवलको डार्सिज इन्टरनेशनल होटलमा सम्पन्न भएको थियो ।