पार्टी एकतामा ‘ब्रेक थ्रु’, केपी र प्रचण्ड हिरो बन्दै यसरी पार्टी एकता टुंगाए (भिडियो)

अन्तत ः लामो समयको छलफलपछि नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकता हुने औपचारीक सहमती भएको छ । सोमबार राती अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ७ बुँदे सहमतीका साथ हस्ताक्षर पनि भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डका साथै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी छन् । त्यसैगरी माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि बैठकमा सहभागी छन् ।
बैठकले पार्टी एकतालाई पूर्णता दिए पनि अयक्ष बारे भने मौन देखिएको छ । तथापी प्रधानमन्त्री भने आलोपाले गर्ने सहमती भएको छ । यता पार्टीको नाम नाम नेपाल कम्युनिस्ट पार्टी राखिएके छ ।