Saturday , December 16 2017
Breaking News

​नेपाल टस हारेर ब्याटिङ गर्दै, ३८ ओभरमा खेल झारियो

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपाल र केन्याबीचको खेल मौसमका कारण ढिला सुरु भएको छ। साढे नौ बजे सुरु हुनुपर्ने खेल १२ बजे बल्ल सुरु भएपछि खेल ३८ ओभरमा झारिएको छ। नेपालले टस हारेपछि ब्याटिङ गर्दैछ। अस्वस्थताका कारण आज नेपालका तर्फबाट पारस खड्काले खेल्ने छैनन्। उनको साटो ज्ञानेन्द्र मल्लले नेपाली टिमको कप्तानी सम्हाल्दैछन्। नेपालका तर्फबाट सिनियर टिममा सुनील धमला र दीपेन्द्र सिंह ऐरीले डेब्यु गर्दैछन्। धमला ज्ञानेन्द्रसँगै ओपनिङ गर्दैछन् भने ऐरी अल राउन्डर हुन्।

Leave a Reply

%d bloggers like this: