Wednesday , November 22 2017
Breaking News

मञ्चबाट असैह्य रुपमा जातीय नारा गुञ्जिएपछि देवदहको खैरेनीमा दोहोरो झडप

कपिल ज्ञवाली/बुटवल,फागुन २७ ।
रुपन्देहीको देबदह खैरेनीमा झडप भएको छ । स्थानीय र मंगोलियन नेशनल अर्गनाइजेसनका ब्यक्तिहरुबिच झडप भएको हो ।

देबदह खैरेनी चोकमा आयोजित मंगोलियन नेशनल अर्गनाइजेसनको देबदह नगर अधिबेशनमा जातीय नारा ,असैह्य प्रकारका नाराहरु गुन्जिएपछि स्थानीयहरु स्वतस्र्फुत रुपमा प्रतिकारमा उत्रिएका थिए ।
कार्यक्रम स्थलमा ६ वटा ठूला माइक फिट गरेर बाहुन,क्षेत्रीलाइ गाली गलौच गरेपछि कार्यक्रम झडपको अबस्थामा पुगेको हो ।

भाषणबाजी भएपछि स्थानीयले सो कार्यक्रम बिथोलेका हुन् । कार्यक्रम स्थलमा तोडफोड भएको छ झडपका क्रममा एक नीजि कारमा पनि तोडफोड भएको स्थानीय अगुवा निर्मल ढुंगानाले नागरिक आवाजलाइ बताए ।
कार्यक्रम स्थलमा देबदहका डुंगामुढा भएको थियो भने कुर्चि ,टेन्ट,ब्यानर पर्चा सबै स्थानीयले च्यातिदिएका थिए । प्रहरीको बाक्लो उपस्थितीका कारण ठूलो मानबिय क्षति भने हुन पाएन ।
प्रहरीले निकै संयमता अपनाएको देबदहकी संचारकर्मी मिना पौडेलले बताइन् ।कार्यक्रम संयोजक अमर बहादुर गगुरुङले भने अरुलाइ हेप्ने र जातीय द्वन्द्व फैलाउन कार्यक्रम नगरिएको बताए । – नागरिकआवाज बाट साभार :

Leave a Reply