पूर्व राजाको यस्तो आक्रोश, शुभकामना सहित दलहरुलाई पेचिलो शब्द (भिडियो)

फागुन ७, अर्थात ६८ औं प्रजातन्त्र दिवस । पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गर्दै राजनीतिक दलहरुमा आक्रोश समेत पोखेका छन् । उनले शुभकामना वक्तब्यमा २०६३ बैशाख ११ पछि नेपालको राजनीति केन्द्रीय सोचको पासोमा अल्झिएको भन्दै त्यसको समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । उनले प्रजातन्त्र भनेको निर्वाचनको आयोजना मात्र गरिनु नभएको समेत भनेका छन् ।