Saturday , September 23 2017
Breaking News

हट सेक्सी नायिका माला भन्छिन ‘केटाहरू गधाजस्ता लाग्छन्’

फिल्म ‘गुडबाई काठमाडौँ’मा अभिनयको अनुभव सँगालेकी माला लिम्बूको डेब्यू फिल्म भने ‘वन वे’ हो । त्यसयता उनले ‘रातो घर’ र ‘पर्व’ मा अभिनय गरेकी छिन् ।  केही म्युजिक भिडियो र ¥याम्प सोको अनुभव पनि बटुलेकी माला नेपाली नेटबल टिमको पहिलो कप्तान पनि हुन् । उनीसँग सामीप्यराज तिमल्सेनाले अन्तरंग कुराकानी गरेका छन्ः

तपाईंका फिल्म हलसम्म जान गाह्रो मान्दा रैछन् है ?
त्यस्तो हैन होला । ‘रातो घर’ त हो म लिडमा खेलेको । ‘गुडबाई काठमाडौँ’मा त म गेस्ट रोलमा छु । ‘पर्व’को जम्मा एक हप्ता भयो सुटिङ भएको । एउटा दुइटा फिल्म ढिला रिलिज भयो भन्दैमा मालाको फिल्म रिलिज नै हुँदैनन् भन्नुभो भने मलाई कसले फिल्ममा लिन्छ ?
तर, डेब्यू गरेको समयको हिसाबले तपाईंका फिल्म कमै हुन् । दुई वर्षमा मान्छेले १० वटा फिल्म भ्याउँछन् ।
म टिपिकल हिरोइन लुकको छैन नि त । मंगोल अनुहार भएको हामी जस्तोलाई सुहाउने भूमिका कमै हुन्छन् स्क्रिप्टमा । तर, यसको मतलब अफर नै नआएको भन्ने हैन । केही फिल्ममा अफर आएका थिए तर मैले गरिनँ ।
किन ?
केहीमा पारिश्रमिकमा कुरा मिलेन । केहीमा समय मिलेन । फिल्ममा आबद्ध भएपछि त्यो चरित्रलाई भित्रबाटै आत्मसात् गर्न मलाई समय चाहिन्छ । यसका लागि म कम्तीमा पनि एक डेढ महिनाको समय लिन्छु । तर, जजसले फिल्म अफर गर्नुभयो, सबैले लास्ट आवरमा । त्यही भएर गरिनँ ।
हिरोइन बन्ने पहिलादेखिकै रहर हो ?
हैन । म सिंगापुरमा जन्मिएर र त्यहीँ ए लेभलसम्म पढेकी केटी हुँ ।  सिंगापुरमा हुँदासम्म बरु मलाई खेलकुदमा रुचि थियो । फुटबल, भलिबल, नेटबल सबै खेल्थेँ ।  विकेन्डका तीन दिनमा बेलुकी ७ बजे हिन्दी फिल्म देखाइन्थ्यो । त्यो बेला रमाइलोका लागि हेरिन्थ्यो । तर, हिरोइन नै बन्छु भन्ने गरी चासो चाहिँ थिएन । बरु दिदीहरू हिरोइन बन्छु भन्थे ।
अनि ?
संयोगले नै भन्नुप¥यो, आमाबुबाको इच्छा उनीहरूको बच्चामा पनि सर्छ रे भन्ने सुनेकी थिएँ । मेरो ममी हिन्दी फिल्मको डाइहार्ड फ्यान हुनुहुन्थ्यो । सलमान उहाँको सबैभन्दा फेभरेट एक्टर । हामी तीन जना दिदी बहिनी र एउटा भाइ छौँ । हाम्रो नाम नै हिन्दी कलाकारको नामबाट राखिएको ।  मेरो आफ्नै नाम माला सिन्हाबाट राखिएको हो भने भाइको नाम सलमान लिम्बू हो । जेठी दिदीको नाम ममता हो, ममता कुलकर्णीको नामबाट राखिएको । माइली दिदीको नाम चाहिँ डिम्पल हो, जुन डिम्पल कपाडियाबाट राखिएको हो । हाम्रो घरभित्र त सिंगो बलिउड छ ।
‘गुडबाई काठमाडौँ’ मा कसरी जोडिन पुग्नुभयो ?
हाम्रो परिवार सन् २००५ मा सिंगापुरबाट धरान फक्र्यो । म एक वर्षपछि मात्र फर्कें, किनकि म ओ लेभलको अन्तिम वर्षमा थिएँ । सिंगापुरमा आफ्नै हिसाबले बाँचिरहेको मान्छे, मलाई धरान एकदमै साँघुरो लाग्यो । त्यसपछि म काठमाडौँ आएँ । धरानमा हुँदा नै मैले केही म्युजिक भिडियो खेलेकी थिएँ । गायक नरेन लिम्बूले पहिलो म्युजिक भिडियो अफर गरेका थिए । तर, फ्रिमा खेल्नुपर्छ भने । त्यही भएर गरिनँ । पछि सपन श्रेष्ठको म्युजिक भिडियो गरेँ । यही म्युजिक भिडियोमा हेरेर प्रेम सुब्बाले ‘गुडबाई काठमाडौँ’का लागि अडिसन दिन आऊ भन्नुभएको थियो । तर, पैसा पनि कम, रोल पनि किस गर्नुपर्ने खालको भनेपछि गर्दिनँ भने । म काठमाडौँ आएर एयरहोस्टेस पढिरहेकी थिएँ । त्यो कम्प्लिट गरेपछि डोमेस्टिक एयरलाइन्समा त चान्स पाएको थिएँ तर इन्टरनेसनलमा मात्र गर्छु भनेर गरिनँ । त्यसपछि मेनपावरमा काम गर्न थालेँ । एक वर्ष खोज्दा पनि नवीन सुब्बा दाइहरूले खोजेजस्तो केटी पाउनुभएको रहेनछ । फेरि बोलाउनुभयो । अडिसन दिन गएँ । ‘भाइ, दुई प्लेट मःमः र एउटा बियर ल्याऊ त’ भन्ने संवाद थियो । दुई प्लेट मःमःले हिरोइन बनायो ।
तपाईंलाई ‘आइटम गर्ल’का रूपमा ज्यादा चिनिन्छ नि ?
अँ, मैले पनि थाहा पाएँ । तर, मलाई सिंगापुर हुँदादेखि नै दुइटा रहर थियो । एउटा नेपालमा गएर आइटम गीत गर्ने र अर्को सलमान खानलाई भेट्ने । अस्ति एक जना निर्माता आइटम गरिदिनुप¥यो भनेर आउनुभएको थियो । मैले मानिनँ । तर, जम्मा दुइटा आइटम  गरेको हो । कति चाँडै लेबल लगाइसकेछन् ।
 अब आइटम कहिल्यै नगर्ने ?
सलमान खानसँग पायो भने गर्ने । अनि, अलि क्लासी टाइपको गीत र सेटअप भयो भने पनि गर्ने । नत्र नगर्ने ।
बजारमा अनुपविक्रम शाही र तपाईंको अफेयरको चर्चा छ । साँच्ची हो ?
मैंले त नरेन लिम्बूसँगको पनि हल्ला सुनेको थिएँ । तपाईंले सुन्नुभएको छैन ? सब वाहियात हल्ला हो । म सिंगल छु । उपयुक्त केटाको खोजीमा छु ।
तर, नेफ्टा अवार्डमा अनुप र माला नजिक हुँदा मलिना जोशी ‘जेलस’ भएको टाइपका हल्ला चलेका थिए ।
मलिना यो उद्योगमा मेरो सबैभन्दा नजिकको साथी हो । अब आफैँ भन्नुस्, हल्लामा कति सत्यता रैछ ?
भनेपछि ब्वाइफ्रेन्ड छैन ? सीधै विवाह गर्ने ?
विवाहको बारेमा त सोचेको छैन । तर, नानी कहिले पाउने होला भनेर चाहिँ सोचिबस्छु । बिस्तार–बिस्तार उमेर ढल्कन्छ ।
विवाह गरेपछि नानी त भइहाल्छ नि । यसमा सोच्नुपर्ने कुरा के छ र ?
हैन, आजभोलि नै विवाह गरिहाल्ने योजना हैन । त्यसका लागि मानसिक रूपमा तयार छैन । नानी चैँ मन पर्छ के ! त्यही भएर हो ।
कस्तो खालको केटा मन पर्छ ?
कन्फ्युजन छ हौ । मलाई त केटाहरू गधाजस्ता लाग्छन् । कस्तोलाई छान्ने छान्ने ? जस्तो गायिका बियोन्सेलाई हेर्नुस् न, कति कमिटेड छ ! तर, उसको प्रेमी जेजे अरू केटीलाई नहेरी बस्छ त ? यस्ता कुरा हुँदा चैँ विवाहसिवाहमा चाख लाग्दैन ।
पुरुषप्रति नेगेटिभ किन ?
नेगेटिभ नै त हैन…तर, माथि भन्याजस्तै हो के । केटाहरू कमिटेड नै हुन्नन् । कता कता मन डुलाइरा हुन्छन् । म त कोही मन प¥यो भने एकहोरो मन पराइरहन्छु । मलाई आमाबाले सानो उमेरदेखि नै इन्डिपेन्डेन्ट बन्नुपर्छ भनेर फ्रि छाडिदिनुभएको थियो । सिंगापुरमा १८ वर्ष नभई काम गर्न पाइन्न । तर, मैले १३ वर्षको उमेरमै छलेर काम गरेँ । यसले धेरै अनुभव दिएको छ ।
तपाईंलाई नेपाली नेटबल टिमको पहिलो कप्तान भनिन्छ । मोडलिङको मान्छे खेलमा कसरी पुगियो ?
एउटा, दुइटा मोडलिङ गरेपछि मलाई के लाग्यो भने मेरो लागि त यो पेशा सही रहेछ । किनकि, यसमा धेरै काम पनि गर्न नपर्ने, पैसा पनि राम्रो पाइने । म परेँ, अल्छी टाइपको केटी । त्यही भएर पनि मलाई मोडलिङमै फोकस गर्नुपर्छ जस्तो लागेको थियो । तर, सन् २०१२ ÷१३ तिर होला, मलाई दीपक दाइ, सरनेम बिर्सिएँ, ले फोन गर्नुभयो र ‘तपाईं नेटबल खेल्नुहुन्छ रे हो ?’ भनेर सोध्नुभयो । म सिंगापुरमा नेटबलको राम्रै खेलाडी थिएँ । हो भनेँ । उहाँले ‘त्यसो भए भेटौँ, नेपालमा पनि नेटबल टिम बनाउनुप¥यो’ भनेर आग्रह गर्नुभयो । मलाई पनि गरूँ न त भन्ने लाग्यो । मेरै नेतृत्वमा टिम बन्यो । हामीले आठौँ एसियन खेलमा भाग पनि लियौँ । तर, पाकिस्तानबाहेक सबैसँग हा¥यौँ । तपाईंहरूलाई थाहा छैन होला, अहिलेकी मिस नेपाल अश्मी श्रेष्ठ पनि नेटबल खेलाडी हो । हामीले सँगै एसियन गेम खेलेका थियौँ । अश्मीकै कारणले हो, म नेटबल खेल्न थालेको । किनकि, सँगै मोडलिङ गर्ने भएकाले अश्मीलाई म खेल्छु भन्ने थाहा थियो ।
तपाईं नेपालमा भएको आफ्नो करिअर र अवस्थादेखि सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु भन्नुप¥यो । मैले भनिसकेँ– हिरोइनका रूपमा मसँग प्रशस्त फिल्म नहोलान् तर भएकामा मेरो उपस्थिति सार्थक बनाउने मेरो प्रयत्न रहनेछ ।
तपाईं विदेश छाडेर यहीँ केही गर्न खोजिरहनुभएको छ । देशमा केकस्तो सम्भावना देख्नुभएको छ ?
मलाई पनि पहिला यहाँ बस्न गाह्रो भएकै थियो तर बिस्तारै आफूलाई एडजस्ट गर्दै गएँ । सबजना फ्युचर फ्युचर भन्छ । मलाई त आज बाँचे भइहाल्यो नि..पछिलाई भनेर के मरिहत्ते गरेको जस्तो लाग्छ । हो, यहाँ धेरै कुरा मिल्न बाँकी छ तर सजिलो पनि उति नै छ । मलाई त नेपालको शिक्षा प्रणाली चैँ पटक्कै मन परेन । क्रिएटिभिटीका लागि त ठाउँ नै छैन । जे पनि रटान । मलाई त पढाइ  सक्न नै अति गाह्रो भो । प्लस टूमा नेपालीमा नै फेल भाको थिएँ । ट्युसन पढेर बल्ल बल्ल पास भाको ।
होली कत्तिको मन पर्छ ?
मन पर्छ । पोहोर साल करिश्मा दिदी (करिश्मा मानन्धर) कोमा होली खेल्न गएकी थिएँ । रमाइलो भो । धेरै जना चिनेकै थिइन । तर, होली खेल्न रङ नै दल्नुपर्छ जस्तो लाग्दैन । यो साल चैँ गोकर्ण रिसोर्टमा हुन्छु ।

नागरिक शुक्रवारबाट

२७ फाल्गुन २०७३

Leave a Reply