Thursday , August 24 2017
Breaking News

३ कलिला छोरीले कुर्दैछन्, गोबिन्दलाई/ आमाबुवा रोएर यस्तो छ हालत- Govinda Gautam’s Family

घरमा ७२ वर्षीय वृद्धबुवा खेमलाल गौतम, उस्तै उमेरकी आमा हरिदेवी गौतम छन् । जवान श्रीमती सुशीला गौतम र तीनजना नावालिक छोरीहरु छन् ।

आशिका गौतम (१० वर्ष), आकृति गौतम (७ वर्ष) र आसुम गौतम (३ वर्ष) ले आफ्ना अविभावक पिता दुई वर्ष साउदीमा रहँदा त छोरीहरुले पर्खिएकै थिए, तर अब जति पर्खे पनि नआउने बाटोमा गएका छन् उनी ।

भविश्यमा सुखी जीवन जिउने र फूलजस्ता छोरीहरुलाई उचित शिक्षा दिने सपना साँचेर गोविन्द अरबको मरुभूमिमा पसिना बगाउन गएका थिए । तर, नियतिले उनलाई विदेशमा बगेको पसीना ओभाउन नपाउँदै आफ्नै देशको सीमानाकामा रगत बगाउन लेखेको रहेछ ।

Leave a Reply