मध्यरातमा यसरी घन्कियो नेपाल नेपाल, बिजेता टीमको स्वागतमा उर्लियो यस्तो जनसागर (भिडियो सहित)

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता भई फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थल समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

डिभिजन टुको उपविजेता बनेसंगै नेपाल आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगिताको लागी छनोट भएको छ । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ ।

विश्वककप क्रिकेटको नेपाल समूह ‘बी’ मा परेको छ सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।

बिजेता नेपाल टीमलाई स्वागत गर्न पुगेका नेपाली क्रिकेट समर्थकले सरकार बिरुद्द चर्का नारा लगाएका थिए। नेपाल नेपाल नेपाल खेलाडीलाई सम्मान गर नेपाली क्रिकेट हाई करण दाई हाई हाई जस्ता नाराले स्वागत गरेका थिए ।

हेर्नुहोस भिडियो सहित