अनमोल केसीको भन्दा दोब्बर क्रेज देखियो स्वेता खड्कामा !दर्शक भेट्न हल पुगेकी स्वेताको कारण भयो २ घण्टा ट्राफिक जाम

श्वेता हलमा जाँदा १ घण्टा ट्राफिक जाम

हिजो देखी देशभर प्रदर्शनमा आएको नायिका श्वेता खड्का निर्मित कान्छी ले यतिखेर दर्शकहरुको अपार माया र साथ पाइरहेको छ । गत १ हप्ता देखी एकलौटी रुपमा दर्शक तानिरहेको अनमोल केसी अभिनित कृ को दर्शकहरुलाई यतिखेर कान्छी तिर तानिएका छन । सुरुको दिनमै उपत्यका र उपत्यका बाहिरका हलहरुमा हाउसफुल का साथ सुखद सुरुवात गरेको कान्छीले दोश्रो दिनमा अझ ब्यापकता लिएको छ ।

देशभरिका ६० हलहरुमा प्रदर्शित कान्छीले सनिवार हलहरुमा एकलौटी राज गरिरहेको सो चलचित्रका निर्माता सैलेश खड्काले बताएका छन । सनिवारै चलचित्र हेर्ने दर्शकहरुको प्रतिकृया बुझ्न दिउसो १ बजे गोपी कृष्ण हलमा पुगेकी नायिका खड्कालाई दर्शकहरुको भिडले छोपेको थियो । कान्छीका नायक दयाहाङ्ग राई सहित् प्रज्वल सुजल गिरी, निर्देशक आकाश अधीकारी लगाएत कान्छीको टिमलाई दर्शकको भिड उछिन्न हम्मे हम्मे परेको थियो । त्यस्तै मध्यान्ह ४ बजे बालाजुको अस्टनारायण हलमा पुगेकी नायिका श्वेता खड्कालाई दर्शकहरुको भिडले घेरा हाल्दा १ घण्टा सम्म ट्राफिक जाम भएको थियो । ४ जना बडीगार्डहरुको घेराका बिच हलहरुमा पुगेकी नायिका श्वेता खड्का प्रती दर्शकहरुको क्रेज हेर्न लायक देखिन्थ्यो । मैले पैसा कमाउन भन्दा पनि दर्शकको माया पाउन चलचित्र बनाएकी थिएँ , आज मेरो त्यो सोच साकार भएको महशुस गरेकी छु ” श्वेताले दर्शकहरुलाई सम्बोधन गर्दै भनिन् ” म , नेपाली नारीहरुको क्षमता र दक्षता प्रती उपहास गर्नेहरुलाई एउटा राम्रो चलचित्र बनाएर साँकेतिक झापड हान्ने हिम्मतका साथ अगाडि बढेकी थिएँ । भावुक हुँदै श्वेताले भनिन् ” दर्शकहरुको यो कुर्लिदो भिडले मलाई झन हिम्मत दिएको छ । ”

बनस्थलीबाट श्वेताको कान्छी हेर्न आएकी ६५ बर्शिय पद्दमा गुरुङ्गले फिल्म हिरेपस्चात् आफुले आँशु थाम्न नसकेको प्रतिकृया दिदै नायिका श्वेता खड्काको अङ्गालोमा बाँधिएर रोएको द्रुश्यले अस्टनारायण हलको माहौल भावुक बनेको थियो । नायिका श्वेता खड्कासंग सेल्फी खिच्न आँतुर दर्शकहरुको भिडले अस्तब्यस्त बनाएको अस्टनारायण चोकमा सुरक्षाकर्मिहरुलाई ट्राफिक ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।