Wednesday , October 18 2017
Breaking News

एचआईभी संक्रमित बालबालिकाहरूलाई “नेपाली समाज मकाउद्वारा” आर्थिक हस्तान्तरण।भिडियो सहित

स्कट नेपाल १० मार्च २०१७ ; 

कर्ण बहादुर अधिकारी मकाउ,चीन
समाज र आफ्नै घर परीवारबाट तिरस्कृत भएका एचआईभी संक्रमित २३ जना बाल बालिकाहरूलाई बिगत सात बर्ष देखि स्वास्थ उपचार,लालन पालन,शिक्षा एवम मनोरञ्जन दिदै आई रहेको किर्तिपुर भत्केको पार्टी स्थित राज कुमार पुन र उमा गुरूङ द्वारा संचालित “वेवी लाईफ होमलाई” नेपाली समाज मकाउ र नेपाली कथानक चलचित्र बनदेवताको निर्माण कमिटीको तर्फबाट नेपाली रूपैया ४० हजार हस्तान्तरण गरीएको छ ।

 

नेपाली समाज मकाउका अध्यक्ष एवम वनदेवता चलचित्रका नायक दोर्जे तामाङ,बनदेवता चलचित्रका निर्माता सरोज दोङ,लंक बहादुर तमाङ साथै निर्देशक आर बि लामाले मिति २०१७/३/९ तारीकका दिन एक कार्यक्रम तय गरी उक्त रकम वेवी लाईफ होमका संचालिका उमा गुरूङलाई संक्रमित बाल बालिकाको माझ हस्तान्तरण गरीएको थियो।सरोज दोङ र लंक बहादुर तमाङ निर्माता रहेको एवम आर बि लामाको निर्देशनमा निर्माण भएको चलचित्र बनदेवता नेपाली समाज मकाउको आयोजनामा बिदेशी भूमि मकाउमा अनाथ तथा असाहय बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी शो गरीएको थियो।उक्त च्यारीटी शोबाट संकलित केहि रकम वेवी लाईफ होमलाई दिईएको हो।

यसरी नै नेपाली समाज मकाउले ८ तारीकका दिनमा पनि अनाथ तथा असाहय बालबालिका र बृद्धहरूको लागि काठमाण्डौ धापासीमा खोलिएको “पवित्र सेवा समाज नेपालको” संचालिका दिक्षा चापागाँईलाई ३० हजार नेपाली रूपैया हस्तान्तरण गरीएको थियो।नेपाली समाज मकाउ एवम मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले आउँदा दिनहरूमा पनि यसरी नै अनाथ तथा असाहय बाल बालिकाहरूको हितका लागि सहयोग गर्ने बताउनु भयो।यसरी उक्त रकम वेवी लाईफ होमलाई दिनका लागि पहल गर्नु हुने नेपाली समाज मकाउका महासचिव एवम गैर आबासीय नेपाली संघ मकाउका सचिव कर्ण बहादुर अधिकारी प्रति नेपाली समाज मकाउ परीवार आभार प्रकट गर्दछ।

 

Leave a Reply