रुरु क्षेत्रको विकास गरेमा पर्यटक आउनेछन्ः राष्ट्रपति

गुल्मी, ४ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको धार्मिक एवं पौराणिक क्षेत्र कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।

रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटन गर्दै उहाँले रुरुको विकास र संरक्षण गरेमा भारतीय र चिनियाँ पर्यटक आउन सक्न सम्भावना औँल्याउनुभयो । उहाँले समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने पनि बताउनुभयो । उहाँले कालीगण्डकी नदीमा स्नान पनि गर्नुभयो ।

साक्षात अवतरित भगवान को दर्शन गर्न जानै पर्ने ठाउ : (रुरु) रिडी गुल्मी नेपाल