बेलायतबाट फेरी अर्को सहयोग : जलजला परियार लाइ (भिडियो सहित)

युके,
दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा सहयोग जुटाउने अभियान अझै विश्व भरि सहयोगी मन हरुको चलीरहेको देखिन्छ । यसै क्रममा बेलायतमा बस्दै आएकी सर्मिला पछाई पनि जलजला परियारको लागि आफ्नो अभियान मार्फत बिभिन्न सहयोगी मन हरु बाट आएको सहयोग रकम हस्तान्तरण को भिडियो सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको छ|

बिगत १० बर्ष देखि बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्| समय समयमा सामाजिक संजाल (फेसबुक) मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ | सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ | अहिले भर्खरै रिलिज भएको उनको आफनै युटुब बाट कभर गीत ”कुसुमे रुमाल’ सार्वजनिक भएको छ । अहिले उनले गरेका सामाजिक कार्य हरु उनकै फेसबुक वालमा देख्न सकिन्छ |

हेरौ उक्त भिडियोमा सहयोगी मनहरुको नामावली सहित संकलन रकम हस्तान्तरण !

तपाई पनि सहयोग गर्न चाहनु हुन्छ भनि हेरौ तलको भिडियो र सहयोगी मन हरुलाई हेर्न मौका पनि दिनु होला सक्दो शेयर गरि धन्यबाद !