मेलिना राई र मनिराज काफ्लेको ‘सुन्दर नेपाली’ गीत सार्वजनिक

स्कट नेपाल/काठमाडौं- मेलिना राई र मणिराज काफ्लेको आवाज रहेको नयाँ गीत “शुन्दर नेपाली” केही समय अघि मात्रै सार्थक डिजिटल प्रा. लि.ले आफ्नै अफिसियल यु-ट्युब च्यानल “सार्थक डिजिटल” मार्फत सार्बजनिक गरेको छ । उक्त गीत अनिल तामाङको पहिलो प्रस्तुति रहेको छ !

मणिराज काफ्लेकै रचना तथा संगीत रहेको उक्त “शुन्दर नेपाली” गीत रास्ट्रप्रेम अनि राष्ट्रिय भावनाले ओतप्रोत रहेको छ ! नेपालको शुन्दर अनि रमणीय पक्षको बर्णन माया , प्रेमको भाव मार्फत ब्यक्त गरिएको उक्त गीत निक्कै मिठो बनेको छ !

उक्त म्युजिक भिडियो राम भक्त श्रेष्ठले निर्देशन गरेका हुन भने कोरियोग्राफर दिनेश पाखृनको रहेको छ ! रामेश्वर हुमागाईको छांयाकनमा तयार भएको उक्त भिडियोमा अनिल तामाङ, रुपा, भावना, रेखाको बेजोड नृत्य रहेको उक्त भिडियोको सम्पादन जेब्रा क्रियशनले गरेको हो ।