सन्दिप लामिछाने बने ड्रिम ब्वाई (भिडियो सहित)

ड्रिम ब्वाई को हो ?

सौन्दर्य मापनका आ–आफ्नै कसी हुन्छन् । त्यसमाथी ड्रिम ब्वाई छान्नु पक्कै पनि सजिलो छैन् । अनमोल केसी कि सन्दिप लामिछाने ? दयाहाङ राई कि प्रदिप खड्का ? अझ भनौं रवि लामिछाने कि सर्बेन्द्र खनाल ? विभिन्न व्यक्तिका भिन्न मत हुन्छन् । नेपाली समाज सुहाउँदो ड्रिम ब्वाई को होला त ? भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नजिकिदै गर्दा आम महिलाहरुले ड्रिम ब्वाईको रुपमा कस्तो सपनाको राजकुमार छनौट गर्लान त ?

आफ्नो प्रेमी वा श्रीमानको परिधि बाहिर निस्कदा उनीहरुले सोचेजस्तो कल्पनाको राजकुमार यी हुनसक्छन् भन्ने केन्द्रविन्दु टेलिभिजनको खोजी हो । विभिन्न पेशा र क्षेत्रलाई प्रतिनिधित्व गरेका युवतीहरुले दिएको साझा मतलाई आधार बनाएर ड्रिम ब्वाइको सुची निकालिएको हो । टप टेन ड्रिम ब्वाईको सुचीमा परेका यि पुरुषहरु नै सबैको रोजाई हुनुपर्छ भन्ने पक्कै होइन् तर धेरैको मन मुटुमा बस्न यि व्यक्तिहरु सफल छन् भन्नेमा हामी पनि विश्वस्त छौं ।

दिल्लीको नियमित “वाच”मा सन्दिप

ड्रिम ब्वाई अर्थात आकर्षक पुरुषको खोजी गर्नु ग्लोबल ट्रेन्ड नै बनिसकेको छ । कतै कामुक पुरुष त कतै बलिष्ठ पुरुषका रुपमा उत्कृष्ट मापन गर्ने गरिन्छ । उनीहरु चर्चित वा लोकप्रिय बन्नुका पछाडी कारण हुन्छन् । त्यसलाई हेरेर पनि महिलाहरुले उनीहरुलाई ड्रिम ब्वाईको रुपमा आँखामा सजाएर राखेका हुन्छन् । आम रुपमा महिलाले पुरुषको समग्र व्यक्तित्व हेरेर मुल्याकंन गर्ने भएकाले हुनसक्छ, हेर्दा त्यति आकर्षक नलागेपनि उनीहरु ड्रिम ब्वाईको लिष्टमा परेका छन् ।

ग्लामर उद्योगका व्यक्तिहरु मात्र होइन, भिन्न पेशा र बर्गका मानिस पनि ड्रिम ब्वाईको लिष्टमा हुन्छन् । केन्द्रविन्दु टेलिभिजनले प्रतिनिधीपात्रका रुपमा समाजका २० महिलासँग उनीहरुका ड्रिम ब्वाईको लिष्ट खोजेको थियो । उनीहरुले दिएको मत अनुसार टप टेन ड्रिम ब्वाई छनौट गरिएको छ ।
एक नम्बरमा छन् । सन्दिप लामिछाने

हेर्नुहोस् भिडियो: