प्रम देउवाले दिए राजिनामा, बालुवाटारबाट देउवाको अन्तिम सम्बोधन (भिडियो)

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएका छन् । उनले चिर्वाचन गराएको भत्ताको रकम बढाएको जस्ता आफ्ना उल्लेखनीय उपलब्धीको जानकारी दिदै उनले राजिनामाको घोषणा गरेका हुन् ।
नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरे । हेरौं देउवाको सम्बोधनको पूर्ण भिडियो
[youtube https://www.youtube.com/watch?v=gcz1mnhcp8E&w=700&h=480]