Tuesday , September 26 2017
Breaking News

युवतीमा यौनाङ्ग कसिलो बनाउने चाहना बढ्दो

हालैका दिनहरुमा किशोरीहरुको निजि अंग सुन्दर देखाउने चाहना बढ्दै गईरहेको छ ।
अमेरिकाको एक रिपोर्ट अनुसार २०१४ पछि आफ्नो योनीको कस्मेटिक सर्जरी गराउँने १८ बर्ष भन्दा कम उमेरका युबतीहरुको संख्या तेज रफ्तारमा बढिरहेको छ ।
यस प्रकारको सर्जरी दुनियाभरमा हुने गर्दछ । तर बिशेष: गरेर यस्तो सर्जरीमा उमेर ढल्केका महिलाहरुको ज्यादा रुची हुने गर्छ । किशोरीहरुले गर्ने यस प्रकारको सर्जरीले अमेरिकी समाजमा थुप्रै चिन्ता पैदा गरिदिएको छ।
अमेरिकी सोसाइटी फर एस्थेटिक फर प्लास्टिक सर्जरीको अनुसार २०१४ मा २२२, २०१५ मा ४०० र २०१६ मा ५६० जना किशोरीहरुले यस्तो सर्जरी गरेका थिए ।
यस सर्जरीलाई ‘लेबियोप्लास्टि’ भनिन्छ । बिशेष गरेर बयस्क महिलाहरु बच्चा जन्मिएपछि यस्तो सर्जरी गर्ने गर्छन् । तर अहिले यो चलन किशोरीहरुमा पनि बढेको छ। २०१६ मा अमेरिकामा १८ बर्ष भन्दा कम उमेरका ५.२ प्रतिशत किशोरीहरुले लेबियोप्लास्टि सर्जरी गरेका थिए।

Leave a Reply