१ रुपैयाँमै मोबाइल किन्नुहोस्, तर कहाँबाट ? (हेर्नुहोस् भिडियोसहित )

काठमाडौंस्थित सिटिसी मलमा रहेको इजी मोबाइल कियरले ग्राहकको मागलाई मध्यनजर राख्दै किस्तामा फोन किन्ने व्यवस्था ल्याएको छ ।

ग्राहकले फोन किन्नका लागि सुरुको समयमा १ रुपैयाँ मात्र दिएर बाँकी भएको पैसा १८ महिनासम्म किस्तामा तिर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि ग्राहकले नागरिकताको फोटोकपी, आम्दानीको श्रोत र दुई प्रति फोटो लैजानु पर्दछ ।

सुरुवाती चरणमा फोन र ल्यापटपबाट किस्ताबन्दीमा व्यापार थालेको इजी मोबाइल कियरले आगामी दिनमा इलेक्टोनिक सामानअन्तर्गत टिभी, फ्रिज, वासिङ मेसिन पनि बिक्रीमा राख्ने तयारी गरेको संचालक दामोदर श्रेष्ठले बताए ।