कसैले भन्छन् प्रेम बानियाले अमेरिकाको पेट्रोल पम्पमा पेट्रोल हाल्दै होला तर यो हेर्नुहोस !!!

को हुन् प्रेम बानिया ?
प्रेम बानिया भन्नु हुन्छ , मेरो बारेमा, हार्दिक हार्दिक स्वागत
एक सामान्य पत्रकार
तर, औसत होइन
सामान्य प्रस्तोता
तर, यो पनि औसत होइन
अर्थात् औसत मलाई मन पर्दैन र फरक हुने कोशिस गर्दछु |
न्यूज २४ टेलिभिजनमा समाचार संयोजकको रुपमा आवद्ध छु, साहित्यमा रुचि
राख्ने म उही प्रेम बानियाँ हूँ, जो पावरन्यूज र जय स्वाभिमान चलाउछु ।
सम्पर्ककका लागि इमेला ठेगाना -prembaniya@gmail.com

क्षितिजको नेपालीत्व
एउटा नेपाली युवा सपनाका झिटीझाम्टा बोकेर उज्ज्वल भविष्यको रेखा खोज्दै भीडबीच विदेशिएको हुन्छ । उ हररात सम्झिरहेको हुन्छ स्वदेशको रातो र चन्द्रसूर्यखातिर केही गरौं । ऊ अर्कैको देशमा साश फेरिरहेको हुन्छ, अर्कैको देशमा पाइला चालिरहेको हुन्छ, दिन र दैनिकी उतै कटाइरहेको हुन्छ तर मन र मस्तिष्कले हम्मेशा नेपालआमाको उज्यालो अनुहार स्पर्श गर्न खोजिरहेको हुन्छ । शायद, विदेशिएका अरु हजारौं युवाहरुलाई प्रतिनिधित्व गर्दछ यो कथा र चरित्र । अनि ऊ र अरुहरु देशका खातिर केही त गरौं भनी प्रयत्न गरिरहेका हुन्छन् । सबै प्रयत्न सफल नहुनसक्छ तर यसबीच एउटा प्रयत्न सफल भएको छ ।

अमेरिकामा कम्प्युटर इन्जिनियररिङ अध्ययन गरिरहेका २२ वर्षीय नेपाली ठिटो क्षितिजराज लोहनीले हालै यस्तो काम गरे, जसमा नेपाल राष्ट्रको झण्डा पृथ्वीदेखि ८० हजार फिटमाथि अन्तरिक्षमा फहरायो र अन्तरिक्षको त्यो कक्षमा नेपालको राष्ट्रिय गान गुञ्जायमान भयो । यद्यपि यो कामले देशको पहिचानमा निकै ठूलो योगदान पुर्यायो भन्ने अर्थ नलाग्न सक्छ । तर, यो कामको प्रशंसामा यति भन्नै पर्दछ, संसारको जुनसुकै कुनामा पुगेको नेपाली होस् उ हम्मेशा आप्mनो जन्मभूमि र आप्mनो देशका लागि केही गरौं भन्ने सम्झिरहेको हुनुकोअर्थमा यो कर्म प्रशंसनीय छ ।

अन्तरिक्षमा पहिलो पटक नेपालको झण्डा फहराएर देशको राष्ट्रियगान गुञ्जायमान गराएका क्षितिज अमेरिकामा बसेर अध्ययन गरिरहेका एक औसत विद्यार्थी हुन् । र, उनले राष्ट्रको नाम उँचो राख्न गरेको यो प्रयास पहिलो र उल्लेख्य हो ।

वैशाख १७ गते नेपालको राष्ट्रिय झण्डाबाहक बेलुनमा हेलियम ग्याँस भरेर नेपालको चन्द्रसूर्य अंकित झण्डा अमेरिकाबाट उडाइएको थियो । र, त्यसैमा स्पिकर जडान गरिएको थियो । बेलुनमा राखिएका क्यामेराहरुले भिडियो र फोटो खिचेको हो । अन्तरिक्षमा नेपालको झण्डा फहराउन र राष्ट्रियगान गुञ्जाउन प्रयोग भएका वस्तु र प्रविधिबारे क्षितिजले भनेका छन् ‘यो लामो अध्ययनपछि प्राप्त सफलता हो ।’ एक घण्टा ५८ मिनेटको यो आकाश यात्रामा नेपालको चन्द्रसूर्य अंकित झण्डाले ८० हजार फिटको यात्रा तय गरेको थियो । नेपालको चन्द्रसूर्य झण्डामुनिका बेलुनलाई क्षितिजले ताराको बिम्बका रुपमा ब्याख्या गरेका थिए र आफंैले बनाएर जमिनबाट उडाएको ताराको संकेत अन्तरिक्ष पुगेर फर्केकामा नेपालको झण्डा छुँदा क्षितिजलाई तारा नै टिपेको जस्तो अनुभव भएको बताएका थिए । ८० हजार फिटमाथि पुगेर नेपालको झण्डाजडित बेलुन पड्किएको थियो । बेलुनमा जडान गरिएको क्यामेरा, स्पिकरलगायतका सामग्री उनले अनुमान गरेकै ठाउँमा अवतरण भएको थियो ।

अरु देशको झण्डा अन्तरिक्षमा फहरिंदा क्षितिजलाई आफ्नो देशको झण्डा पनि अन्तरिक्षमा फहराउने लोभ लागिरहन्थ्यो । उनले यसका लागि धेरै कोशिस गरे । ३५ हजार फिटको उचाइसम्म अरु देशको झण्डा पुगिसकेको भए पनि क्षितिजले अहिलेसम्मकै रेकर्डलाई तोड्दै ८० हजार फिटसम्म नेपालको झण्डा फहराउन र नेपालको राष्ट्रियगान गुञ्जाउन सफल भएका हुन् ।

चन्द्रमासम्म नेपालको झण्डा फराएरै छाड्ने सपना देखेका क्षितिजको सपनालाई धेरैले अविस्वास गरेका थिए । र, देश चिनाउने उनको अभियानलाई हावादारी भनेका थिए । यो उनैले भनेका हुन् कि, तर म मेरो सपना पूरा गरेरै छाड्छु । भन्छन् ‘समय लागोस्, तर जसरी पनि चन्द्रमासम्म नेपालको झण्डा पु¥याएरै छाड्ने छु ।

अध्ययनका लगि विदेश पुगेको एक जना नेपाली युवाले यसरी अन्तरिक्षमा देशको झण्डा फहराएर राष्ट्रप्रेमप्रतिको लगाव देखाएको हो । देशको नाम उँचो राख्न आफू जहाँ छौं त्यहींबाट जे सक्छौं, गर्नु पर्दछ भन्ने सन्देश दिएको हो । क्षितिजको यो प्रयासबाट केही नयाँ र फरक तवरले अब हामीले हाम्रो पहिचान बनाउँनु छ, देश चिनाउनु छ भन्ने संकेत गर्दछ । ‘हामी नेपाली सरकारले केही गरेन भनेर पन्छिन खोज्छौं’ क्षितिजले स्काइपमा कुरा गर्दै भने, ‘सरकारले देश चलाउँने हो, देशको नाममाथि राख्ने काम देशका नागरिकको हो र अब केही न केही गर्नैपर्छ सबैले ।

खासमा राष्ट्रपहिचानको विहंगम र अचम्मै केही गरेको होइन क्षितिजले तर उसले जेजति गर्यो यसभित्र नेपालीत्व मग्मगाएको छ । यत्ति हो, हामी जहा जहा रहौं, जस्तोसुकै परिवशेमा रहौं वा जुनकुनै बाध्यता र रहरले जहासुकै पुर्यायोस् नेपालीलाई हामी जननी र जन्मभूमिका प्रति सदासदा समर्पित भइरहन सकौं । जेजति सकिन्छ गरिरहौं स्वदेशका लागि, यसमै छ जय सबैको, यसमै छ नेपालीत्व ।। – यो सामग्री हामीले प्रेम बानिया साइट बाट साभार गरेका हौ : प्रेमबानिया डट कम डट यनपी