प्रचण्ड र केपी दुबै अध्यक्ष हुँदा को पावरफूल ? आज निर्णायक वार्ता हुँदै

आज एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता हुँदैछ । हिजो भनिएको दुवै जना अध्यक्ष वा सह अध्यक्ष पद, प्रधानमन्त्री लगायतको बिषयमा जुन कुराहरु बाहिर आएका छन् त्यसको बारेमा पनि थप छलफल हुने र पार्टी एकता संयोजन समितिको बैठक पनि आज नै बस्ने बताईएको छ । आजको बैठकलाई बिशेष रुपमा हेरिएको छ । अब पार्टी एकता घोषणा गरेर सरकारमा जाने की दुई पार्टी भएर सरकारमा जाने भन्ने बिषय उठेको छ । फागुनको पहिलो साता पार्टी एकता घोषणा हुने भनिएको छ । पार्टीको कार्यदिशा, बैचारीक दृष्टिकोषको बारेमा पनि आज एकता संयोजन समितिमा छलफल हुनेछ । छलफल पछि आधिकारी धारणा बाहिर ल्याउने बताईएको छ । हिजोको भेटमा पार्टीको नेतृत्व दुबै नेताले गर्ने र प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमती भएको समाचारहरु बाहिर आएको थियो ।

[youtube https://www.youtube.com/watch?v=bgYP9StC5YA&w=640&h=360]