देशको इज्जत जोगाउन के गर्दै छन भारतमा यो बेला आइपिएलमा सन्दिप (भिडियो रिपोर्ट पुरा हेर्नुहोस )

नेपाली क्रिकेटले नयाँ ईतिहास रचेको छ । १७ वर्षे ‘लेगस्पिनर’ सन्दिप लामिछाने संसारकै सबैभन्दा ब्यसायिक क्रिकेट लिग आइपिएलमा छनौट भएपछि नयाँ इतिहास लेखिएको हो । आइपिएल अर्थात ईण्डियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी बनेका छन् ।

आईपिएल अक्सनको २ सय ७६ औँ नम्बरमा रहेका सन्दिप २० लाख भारु अर्थात ३२ लाख नेपाली रुपियँमा अनुबन्धित भएका हुन् । उनलाई ‘दिल्ली डेयर डेभिल्स’ले आफ्नो पोल्टामा पारेको हो । उनीसँगै यस टिममा गौतम गम्भिर, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट लगायत विश्वप्रसिद्ध खेलाडीहरु रहेका छन् ।
स्याङजाको आरुचौर तालपोखरीमा जन्मेका सन्दिप लामिछानेका पिता भारतीय रेलवेमा जागिरे थिए । सन्दिपले नेपाल फर्केपछि चितवनमा रहेको चितवन क्रिकेट एकेडेमीबाट सिक्न र खेल्न थालेका थिए । उनी पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काका प्रारम्भिकचेला हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दिपलाई एक दिने प्रशिक्षको क्रममा चितवनमा भेटेका थिए । त्यसपछि उनले आईसिसि विश्व क्रिकेट लिग अन्तर्गत राष्ट्रिय टिमको छनोटमा सुपर लिग खेल्ने मौका सन्दिपलाई दिए ।

सुपरलिग खेलेका सन्दिप २०१६ मा १९ औं विश्वकप खेल्ने टिममा छनौट भएका थिए । आईसिसिले यु १९ उत्कृष्ठ ११ क्रिकेटरको सूचीमा सन्दिपलाई राखिसकेको छ ।
बंगलादेश यु १९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई शेनवार्नसंग तुलना गरेका थिए । त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए । बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए । त्यसयता सन्दिप राष्ट्रिय टिममा लगातार छन् ।

राष्ट्रिय टिमको प्रवेशपछि हंङकङमा उनले गरेको उत्कृष्ठ प्रदर्शन हेरेर अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्क आकर्षित भएका थिए । क्लार्कले सन्दिपभित्रको प्रतिभा छामेपछि उनलाई अष्ट्रेलिया लगेर पारंगत बनाउन मद्धत गरेका थिए । माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए । अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए । काउलुन क्यान्टोन क्लब अष्ट्रेलियाबाट खेल्ने मौका पाइसकेका सन्दिपलाई आइपिएलको यात्रा सहज हुने कारण पनि क्लार्क नै हुन् । अझ कतिपयले त सन्दिपका गडफादरको रुपमा समेत क्लार्कलाई नै चिनाउन थालेका छन् ।

सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु–१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाईएको थियो । त्यसपछि उनले २०१७ एसिया यु–१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे ।

२०१७ यु–१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । २४ विकेट लिंदै उनी नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्नपुगेका थिए । सन्दिपलाई २०१७ फ्रेबरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृष्ट युवा क्रिकेटरहरुको सुचीमा समेत सामेल गरेको थियो ।