यस बर्षकै उत्कृष्ट बन्यो १ बर्ष नपुग्दै बिष्णु माझीको आवाजमा रहेको गीत “आँसुको कारखाना”खास के थियो त्यस्तो यो गीतमा?हेर्नुहोस

त्यति धेरै मिडियाहरुमा चर्चा नभए पनि लोकप्रिय गीत आँसुको कारखानाले छोटो समयमै विश लाख दर्शक बनाएर निमार्ण युनिटलाई खुसि दिएको छ ।

यस अगाडी त्यति नसुनिएका नामहरु यो गीतका सर्जकहरु हुन । यो गीत सफल बने पछि भने गीतका सम्पुर्ण पक्षको चर्चा हुने गरेको छ । नेपालका रेडियोहरुमा विशेषत पचिमाञ्चलमा अत्यधिक बजेको यो गीतले सबैको मन मुटुमा राम्रो बास पाउन सफल बनेको छ । यसो त गीत यति जनाले हेरे त्यहि भएर यो गीत राम्रो भन्न त मिल्दैन तर गीत आँसुको कारखाना सफल हुनका पछाडी यी कारण हुन सक्ने हाम्रो अनुमान रहेको छ

१.गीतको लय/शव्द
यसो त गीतको मुटु भनेकै शव्द र लय हो । यदि राम्रो विषयबस्तुमा शव्द सिर्जना गरि राम्रो लय बनाएको खण्डमा गीत सफल हुन्छ । यो गीत भित्र शव्द र लय निकै उत्कृष्ट रहेको छ । यसो त केहि जानकारहरु आँसुको कारखाना भन्ने शव्द मान्न तयार छैनन् किन कि शाव्दीक रुपमा यो शव्द त्यति अर्थ दिने खालको छैन तर गीतमा जुन रुपमा प्रयोग गरिएको छ त्यो सुहाउदो छ । गीतमा मञ्जीत पहाडीले शव्द सिर्जना गरेका छन भने गणेश अधिकारीले लय सिर्जना गरेका छन । गीतको लय र शव्द मिलेको छ । गीत उत्कृष्ट बन्नुमा यो एक प्रमुख कारण हो ।

२. गायक/गायीका
यसो त विष्णु माझी भने पछि सबै हुरुक्कै हुन्छन । प्राय विष्णु माझीले गायका गीतहरु स्रोता दर्शकले खोजी खोजी हेर्ने गर्दछन । यो गीतमा पनि विष्णु माझीको आवाज रहेको छ भने उनलाई साथ दिने पुरुष गायकले पनि अत्यन्तै सुमधुर आवाज दिएका छन । गीतमा अर्जुन कुँवरले समेत प्रसंसा गर्न लायक आवाज दिएका छन । गीतको यो पक्ष समेत उत्कृष्टनै रहेको छ ।

३. म्युजिक भिडियो
यो गीतमा सबैभन्दा राम्रो भनेकै म्युजिक भिडियो समेत हो । गीत जति राम्रो छ त्यो भन्दा राम्रो गीतको म्युजिक भिडियो रहेको छ । स्मृति तिमिल्सीनाले गीतमा अत्यन्तै राम्रो कथामा कलाकारहरुलाई समेत उत्कृष्ट अभिनय गराएकी छन । त्यसैले पनि स्मृतिले गर्दा पनि यो गीत सफल भएको हो भन्दा फरक पर्दैन । यस्ता कथामा कमै मात्र लोकदोहोरी गीतहरु आउने गर्दछन । स्मृतिको मेहनतलाई समेत सम्मान गर्नु पर्छ ।

४. अभिनय गर्ने कलाकारको जाँदु
गीतमा निर्देशक र गीतको भाव अनुसार कलाकाहरुले गरेको उत्कृष्ट अभिनयले गीत हेर्न थाले पछि अन्त्य सम्म बाँधेर राख्छ । आशिष प्रताप जंगले गीतमा लोभ लाग्दो अभिनय गरेका छन । साथै सारिका के.सीले समेत गीतमा सोचे भन्दा राम्रो अभिनय गरेकी छन । साथै गीतमा सबैको प्रशंसाको पात्र बनेका छन प्रहरीको भुमिकामा रहेका शेरबहादुर डिसी । उनको अभियन साच्चीकै प्रशंसा गर्न लायक छ ।

यसका अलावा गीतमा पर्दा पछाडी रहेर काम गर्ने सम्पुर्ण युनिटको मेहनतले गीत सफल बन्न सहयोग गरेको छ । हामीले उल्लेख गरे बाहेक अन्य धेरै मेहनती हातहरु यो गीतमा प्रयोग भएका छन । गीतले छोटो समयमै विश लाख दर्शक बनाएकोमा सम्पुर्णलाई आभार बधाई दिन चाहान्छौं  हाम्रो तर्फबाट ।