हिन्दि भाषा चै नेपालको वास्तविक भाषा, नेपाली भाषा नेपालको होइन भनेपछि लालबाबु पण्डित र लालबाबु राउतबिच चर्काचर्की (भिडियो)

प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्ने पक्का भइसकेका संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बहुसंख्यक नेपालीले बोल्ने नेपाली भाषा नेपालको नभएको दाबी गरेका छन् , साथै हिन्दि भाषा चै नेपालको वास्तविक भाषा भएको बताएका छन् । राउत पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्। फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन्।

 

राउतले प्रदेश दुईको भौतिक विकासलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । राउतले संविधान संशोधन गरेर मधेशी जनताको अधिकार पूर्ण बनाउनुपर्ने मुद्दालाई पनि आफूहरुले प्राथमिकतामा राखेको बताएका छन् ।

नेकपा एमालेका नेता लालबाबु पण्डितले भने अहिले मधेशी दलले उठाएका माग पूरा गर्नका लागि संविधान संशोधन गर्न नसकिने जिकिर गरे । दौरा सुरुवाललाई राष्ट्रिय पोषाक बनाउन नसकिने राउतले बताएपछि पण्डितले त्यसको कडा खण्डन गरे ।

हिन्दी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने राउतको भनाई छ । तर पण्डितले भने हिन्दी भाषालाई प्राथमिकता दिन नहुने बताए । यही विषयमा दुई लालबाबुबिच विवाद भएको छ । लालबाबु पण्डितले नेपाली भाषा र नेपालको राष्ट्रिय पोशाक मानिएको दौरा सुरुवालको पक्षमा दह्रो अडान राखेका छन् साथै राउतको भनाईलाई जमेर प्रतिपाद गरेका छन् ।

लालबाबु राउत क्याम्पस जीवनमा नेपाल विद्यार्थी संघसँग आबद्ध थिए। पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरे। महाधिवेशनपछि उनी केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए।

दोस्रो संविधान सभाको व्यवस्थिपिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रुपमा चिनिन्छन्। प्रदेश नं २ मा राजपासँग गठबन्धन गरी मधेसकेन्द्रित दललाई प्रदेश २ मा शानदार विजय हासिल गराउन प्रमुख भूमिका खेलेका नेता मध्येमा एक हुन् लालबाबु।

लालबाबु पण्डित र लालबाबु राउतबिच पोशाक र भाषालाई लिएर चर्काचर्की