दरबारमार्ग ठमेलको बलत्कार घटनामा प्रहरी मिलेमतोबारे आईजिपी अर्यालले खुलासा गरे (भिडियो)

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्ग ठमेलको बलत्कार घटनाको बारेमा प्रहरीले गरेको मिलेमतोको बारेमा खुलासा गरेका छन् । ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रममा उक्त घटनामा प्रहरीले गम्भीर गल्ती गरेको बताए । उनले उक्त प्रकारको घटना प्रहरी संगठनमा कदापी क्षमायोग्य नहुने भन्दै नारीको अस्मीतालाई मिलापत्रमा कैद गर्नु सम्बन्धीत प्रहरीको महागल्ती भएको बताएका छन् । उनले कानुनले मागे अनुसारको कारबाही गरिने पनि बिश्वस्त पारे ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले भौतिक सेवा सुविधाको अभाव भए पनि प्रहरीले नागरिकलाई प्रवाह गर्ने सेवा सुविधा कुनै पनि कमि नहुने बताउदै भौतिक पुर्वाधारको सम्पन्नताले प्रहरीलाई थप रचनात्मक एवं वैज्ञानिक ढंगले सेवा प्रवाह गर्न सहज हुने बताउनु भएको छ । साथै राष्ट्रको विकास र समृद्धिसंगै आम नागरिकले निस्वार्थ सुरक्षाको अनुभुति गर्न पाउनुपर्ने र विकास र समृद्धिको पहिलो सर्त नै सुरक्षा भएकाले राष्ट्रको समृद्धिमा प्रहरी कर्मचारीको भुमिका महत्वपुर्ण हुने यथार्थ प्रति सबै पक्ष संवेदनशिल हुन आवश्यक रहेको बताउनु भएको छ ।

[youtube https://www.youtube.com/watch?v=K_gMrTj3xyw&w=680&h=400]