मरे पनि केहि गुनासो छैन भन्ने चेलीको ईराकबाट यसरी उद्धार गर्न सफल भए – रबि

रबिसंग बोले अब मरे पनि केहि गुनासो छैन भन्ने चेलीको ईराकबाट यसरी उद्धार गर्न सफल भए रबि
मुलुक संघियतामा प्रबेश गरे संग संगै नेपाली राजनीतिमा आएका र छाएका अनुहारहरु देखेर गर्र्ब लाग्छ । हिजोका दिनमा सिमित जात, लिगं, समुदाय, भाषा, संस्कृती, धर्म, भेषभुषा, रितिरिवाजले मात्र राष्ट्रिय राजनीतिमा स्थान पाउंदा कही पुहँच वालाहरुको मात्र दबदबा चलेको थियो ।

दोष जसको भएपनि समाजमा पिछडिएकाहरु जात, लिंग, धर्म आदीका नाममा अपहेलित भएकै हुन् । एउटा पुस्ताले अर्को पुस्तालाई विभेद सिकाउंदै हुुर्कायो र त्यसको ह्याङ ओभर अहिलेका असाध्यै पढेका र मोर्डन जेनेरेशनसम्म पनि छ जस्तो लाग्छ ।

अध्ययन र चेतनाको कमि भएका कारण होला एउटा पुस्ताले अर्को पुस्तालाई अझैपनि लुकिलुकि सुटुक्क, कुनै कुनामा सानो स्वरले सिकाइरहेको छ कि त्यो सानो जातको हो हामी ठुला जानका हौ, हामी शहरका हौ उ गांउको हो, हामी पहाडका हौ, उ मधेशको हो ।

सदियौदेखि जरा गाडेको यो विभेद कागजमा त हट्यो तर मनबाट हटेन । मंचमा जातिय विभेद विरुद्ध आगो ओकल्नेहरुलाई आफ्नो छोरा छोरीले आफ्नो जात नमिल्ने केटा वा केटी मन पराइदेलान र तिनै संग बिहे गरी बस्लान् भन्ने पिरले सताएको छ ।

अहिले यो कार्यक्रम हेरीरहनेहरु पनि आफैलाई नढांटी सोध्नुहोस, खुलेर जातिय विभेद नगरेपनि हुर्केका सन्तानले अर्काे जातको विहे नगरिदिए हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन ?

पढे लेखेका, विद्धान र अत्याधिक चेतनशिल मानिसहरु नै यो रोगबाट धेरै ग्रसित छन् । सामाजिक विभेद मस्तीष्क बाट नगएको दिनसम्म समाजको विकास हुंदैन ।

मानिस मंगलग्रहमा बसाउने बस्तीको छलफलमा व्यस्त छन् । हामी आफ्नै देशको अर्को भेगको मानिसलाई मधेसी वा पहाडिया भनेर होच्याउनमा व्यस्त छौं । यति सम्म कि मधेसका हाम्रा केहि दाजुभाइहरुले आँफु नेपाली भएको प्रमाण स्वरुप दैनिक खल्तीमा नागरीकता बोकेर बस्नु परेको छ ।

गुन्द्री छोएको आरोपमा, पानि छोएको आरोपमा यतिबेला पनि कोहि पिटाइ खाइरहेका छन् । बाल्यकालमा मैले पनि आँफु भन्दा अग्रजहरुले सिकाएको सुनेर होला आफ्नै देशका तराई मधेश क्षेत्रका दाजुभाइ लाई मधेशी भनेको छु ।
आफ्नो बुवा समानका व्यक्तिलाई हेपेर होच्याएर बोलेको छु । आज म बुझ्ने भएको छु र आँफुले अन्जानमै भएपनि गरेका ती गल्तीहरु प्रति हृदयबाट माफी चाहन्छु ।

यो मैले जन्मदै लिएर आएको होइन हुर्कीदै गर्दा यो समाजले मलाई सिकाएको विभेद थियो त्यो । जसका लागि यो समाजले माफि माग्नु पर्छ जस्तो हामीलाई लाग्छ ।

तर जे होस् देश समाबेशी संघिय गणतन्त्रमा प्रवेश गरीरहँदा अब हिजो थिचोमिचोमा परेकाहरु भोलि सत्तामा पुग्नेछन् । तर त्यो बेला सत्ताको मातले, शक्तिको आडले तपाईहरुपनि थिचोमिचो गर्न तिर लाग्नु भयो भने मुलुकको लागि यो दुरभाग्य हुनेछ ।

क्षेत्र, वर्ग, जाती आदीको प्रतिनिधित्व गरेर सत्तामा पुग्ने तर काम चाही पार्टीका ठुला नेताको पुच्छर बन्ने गर्नुभयो भने उसै त महगों संघियता झनै संकटमा पर्ने छ ।

हर क्षेत्र र वर्गका मानिसहरुको विविधताले भरिएको यो सुन्दर स्वरुप अझैपनि चुच्चो नाक र थेप्चो नाक, भन्दै एक अर्कालाई गाली गर्दै बस्ने अनि भित्र भित्र चाहि दलालीनै गर्ने हो भने तपाई मात्र मोटाउनु हुन्छ मुलुक चाही सुकेर फुकिढल हुन्छ ।

-ईराकबाट रुदै लाईभमा आएकी चेली स्टुडियोमा, ४४ दिनमा ईराकबाट सफल उद्धार
-पढेलेखेका मानिसहरु नै जातिय विभेदबाट ग्रसित रहदासम्म नेपालबाट जातीय विभेद हट्दैन: रबि
source;- panakhabar