माघ २७ का टप टेन समाचार : डा. केसीको चुनौती देखी प्रचण्ड गर्जन सम्म (भिडियो)

माघ २७ गते शनिबार बिशेषत डा. गोबिन्द केसीको पत्रकार सम्मेलनको बिषयबस्तु बढी चर्चामा आएको छ । डा. केसीले पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश पराजुलीले अहिले पनि विवादास्पद कार्यहरु गरिरहेको आरोप लगाउँदै मुख्य पाँच वटा माग अघि सार्नुभएको छ । सर्वोच्चले प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाएर छानबिन गर्न आदेश दिए पनि पदमै रहिरहँदा चलखेलका लागि ठाउँ रहेको डा केसीले बताउनुभयो । डाक्टर केसीले पराजुलीले न्यायको बेचबिखन गरेको आरोप लगाउँदै इमानदार न्यायाधीशहरुको सम्मान सम्मान गर्ने धारणा राख्नुभयो ।
उता चितवनमा प्रचण्डले आफूलाई अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् ।
प्रचण्डमाथि अस्थिर बनेको आरोप लाग्ने गरेको छ । एमालेसँग सत्तामा रहेका उनी भद्र सहमति अनुसार प्रधानमन्त्री नछाडेको भन्दै रातारात कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका थिए । कांग्रेससँग सरकारमा रहेका बेला गत दशैंताका विपक्षी एमालेसँग चुनावी तालमेलको सहमति गरेर अर्का सप्राइज दिए ।
अहिले पनि कतिपय एमाले नेताहरूले प्रचण्ड अस्थिर भएकै कारण पार्टी एकताका लागि चाहिने विश्वास बन्न गाह्रो भइरहेको बताउने गरेका छन् ।
यता रसुवामा प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत लगानीमा सडकले नछोएका स्थानमा सडक संजाल पुर्याउनका लागि अभियान सरु गरेका छन् । रसुवाको कालिका गाउँपालिका २ लामाटोलबाट चित्रेपानी सम्म जोड्ने सडकको शनिबार एक कार्यक्रमका बिच आचार्यले उदघाटन गरेकाहुन् । गाउँपालिकाको अधिनमा रहने गरि १ करोड ७० लाखमा स्काभेटर र डोजर खरिद गरि प्रदान गरेकाथिए । त्यस्तै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्व विधि, विधान र नीति अनुसार चल्न नसक्दा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको सहिद परिवारलाई सम्मान कार्यक्रममा नेता केसीले पार्टीलाई वैचारिक पूर्नजागरण दिनुपर्ने बेला आएको समेत बताउनुभयो । यता सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगन्डकी जलविद्युत् आयोजनालाई ‘लगानीयोग्य’ बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले परियोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने निर्णय गरेको समाचार पनि छन् ।
[youtube https://www.youtube.com/watch?v=WrybwO54nvk&w=640&h=360]