अत्ति भए पछि पहिलो पटक अंतर्बार्ताबाटनै छाडा गीत गाउने कलाकारलाई चर्चित गायिका देवी घर्तीको चेतावनी (हेर्नुहोस)

माघ २६, पछिल्लो समय लोक दोहोरीको नाममा विकृति आएको पाइन्छ । अग्रजदेखि अहिले स्थापित भइसकेका लोक तथा दोहोरी गायक/गायिकाहरुले आफ्नो मौलिकता भुलेको होकी भन्ने पनि दर्शक श्रोताको गुनासो छ । कतिपय कलाकारहरुले युटुबमा भिवर्स बढाउनका लागि लोक गीतको नाममा विकृति ल्याइरहेका छन् । यसो भनिरहदा सबै कलाकारले  भन्न मिल्दैन । प्राय अहिले बजारमा आउने गीतहरु त्यस्तै नै छन् । चर्चित लोकदोहोरी गायिका देवी घर्ति भन्छन् -‘विकृति  ल्याउने गित संगीत राम्रो गित संगीत जस्तो धेरै समय रहदैन जुन पछिसम्म गएर दर्शक श्रोताले पनि आत्मासात गर्छन् । आ-आफ्नो सोच विचार होला तर मलाई चाही विकृति ल्याउने किसिमको गित गाउदिन र छाडापन भएको गित गाएर चर्चामा आउन चाहान्न । देवी घर्तिसंग कार्यक्रम हाम्रो भाकामा गरिएको कुराकानी :-

गित संगीतको यात्रामा देवी घर्तिको संघर्ष एकादेशको कथा जस्तो पनि लाग्छ, के कस्तो थियो त सुरुवाती संघर्ष ?

दुख, संघर्ष त गरे तर त्यो संगर्ष जस्तै लाग्दैन किनकी जब काठमाडौं आए र दोहोरी साझमा काम गर्दै गए । त्यसपछि दोहोरी साझमा गाउदा गाउदै अग्रज कलाकारहरुले एल्बममा गीतहरु गाउने मौका पनि दिनुभयो । तर स्टुडियोमा धेरै संगर्ष गरे । बिहान १० बजे स्टुडियो गएर राती १० बजेसम्म पालो कुरेर एउटा गित गाएर फर्केको छु । जे होस् दिनरात नभनी लागिरहे ।

देवी घर्तीको सांगीतिक यात्रामा कहिलै बिर्सन नसकिने पीडादायी क्षण केहि छ ?

त्यस्तो खासै छैन, सबै कुरालाई साधारण लिन्छु । भएपनि मिलाएर लान्छु । आफुभन्दा अग्रज कलाकारदेखि नयाँ कलाकार सबैलाई सम्मान गर्छु । मेरो समय भए धैर्यताका साथ्म कुरेरै गाउछु त्यस्तो अठ्यारो लाग्दैन ।

मलाई त धेरै समय लाग्दैन भनेर अरुको पालो अथवा नयाँ कलाकारलाई पेल्ले तपाई जस्ता अग्रज कलाकारहरुलाई बढी आरोप लाग्छ नि ?होइन, कुनै बेलामा हतारै छ भने अरुको पालोमा अनुरोध गरेर गाइन्छ नत्र आफ्नै पालोमा गाउछु । तेस्तो कसैलाई पेल्दीन ।

दिनमा कति वटा गित गाउनु हुन्छ ?

तेस्तो यति वटा भन्ने हुदैन किनकी कहिले खाली पनि हुन्छ, कहिले एउटा हुन्छ भने कहिलेकाहीँ ५ ६ वटा पनि हुन्छ । पुराना दिनहरुमा ७ ८ वटा पनि गाइन्थ्यो ।

पछिल्लो समय विभिन्न सङ्घ संस्थामा आबद्ध कलाकारहरुले गित संगितका विभिन्न नाराहरु बनाउँछन् तर तिनै कलाकारहरुले नकरात्मक गित संगीत र म्युजिक भिडियो बनाइदिनु हुन्छ । देवी घर्तीले त्यो नगरे पनि देवी घर्ति सङ्ग सम्बन्धित रहेका सङ्घ संस्थामा पनि आएका छन् के स्वीकार्नु हुन्छ ?

फाट्टफुट्ट आएका छन् । नराम्रो कुराहरु त्यति समय तिक्दैन जुन राम्रो कुराहरु सधैभरी रहन्छ । राम्रा कुरालाई दर्शक श्रोताले पनि आत्मासात गर्छन् ।

भनेपछि विकृति फैलाउने किसिमका गित संगितलाई अस्वीकार गर्ने दर्शक श्रोता बढेका छन् ?

बढेका भन्दा पनि कहीँकतै त्यस्तो गित संगित रुचाउने पनि हुन्छन् । एकछिनलाई रमाइलो गर्ने त्यसछि फाल्ने र त्यति लामो समय रहदैन । त्यसैले नराम्रा चिजहरु आफै हट्दै जान्छ, आफुले गर्नुपर्ने पहल र दायित्व भने उत्तिकै छ ।