किन पक्राउ परे राजेन्द्र खड्की ? यो हो उनी माथी लागेको आरोप (भिडियो)

मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ । खड्गी पक्राउ परेको व्यूरोका निर्देशक डिआइजी पुष्करले कार्कीले रातोपाटीलाई जानकारी दिए । उनलाई ठमेलबाट पक्राउ गरिएको कार्कीको भनाई छ ।
केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।
[youtube https://www.youtube.com/watch?v=59_IuvS8EqE&w=640&h=360]