१० बर्ष पछि फेरी बिष्णु माझीले गईन उस्तै कथा र आफ्नै पिडा जोडिएको रिएल गीत “एक पटक हेर्नुहोस)

नेपाली लोक संगीतको लागि अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत “विधाता”बजारमा आएको छ।बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको सुमधुर आवाज रहेको गीतमा बाल कुमार श्रेष्ठकै लय र सुष्मा थापाको शब्द रहेको छ।

चर्चित मोडल सारिका केसी र धुर्ब हिमालीको अभिनय रहेको गीत देशका बिभिन्न जिल्लाहरुमा दृश्य कैद गरिएको छ भने ३ लाख भन्दा बढी लगानीमा उक्त भिडियो निर्माण गरिएको छ।वास्तविक प्रेमी प्रेमिकाको प्रेमलाई जोडिएर बनाइएको गीतको निर्देशन भने एकिन्द्र सारा संकरले गरेका हुन् ।

बिष्णु शर्माको सम्पादन रहेको गीतको भिडियो भने कारण चैसिरले खिचेका हुन् ।राजु विरहीको प्रस्तुति रहेको उक्त गीतलाई राजु बिरही लामाकै चन्द्र सुर्य फिल्म्स् प्रालिले बजारमा ल्याएको छ भिडियो हेर्नुहोस :