भान्जीको बिहेमा मन छुने पन्चेबाजा डान्स : मन छुने भिडियो

बुटवल,
पन्चेबाजाको धुन मन नपर्ने नेपाली कमै छन् । विशेष गरि विवाहको सिजनमा त पञ्चेबाजाको चर्चा पनि निकै धेरै हुन्छ । बिहेकै मौसम पारेर पञ्चेबाजाको धुनमा नेपाली लोकसंगीत पनि बजारमा धेरै निस्कने गर्छन । यस्तै बिहेको जमघटमा बजेको पन्चेबाजाको तालमा बुटवलमा रहेका गोपाल गौतमको डान्स प्रतिभाले पक्कै पनि प्रवासी नेपाली हरुको मन छुने छ |
पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।
हेरौ उक्त भिडियो हामीले गोपाल गौतमकै पर्मिसनमै साभार गरेको :