Monday , December 11 2017
Breaking News

एक सफल नारी करिश्मा मानन्धरको यात्रा ; चलचित्रदेखी राजनितिसम्म (नारी दिवस विशेष)

जापान , एच.बी ताम्राकार 

फागुन २५ । नयॉं शक्ति पार्टीकि नेत्रि तथा चर्चित नायिका करिश्मा मानन्धरले १०७औ अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सवैलाई शुभकामना दिएकी छिन ।

करिश्मा मानन्धर को हुन ? 

  करिश्मा मानन्धर (केसी) (जन्म १९७१, ललितपुरमा) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्।उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।

 

कोसँग विवाह गरिन ? 

कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् ।

चलचित्र क्षत्रबारे के भन्छिन ? 

सुन्दरी करिश्मालाई धेरैले ‘के राज हो सधैं सुन्दर देखिनुको’ भनेर सोध्छन्। उनी आफूलाई मार्न हैन हरदम ताजा र जीवित राख्ने कोशिशमा रहने जवाफ दिन्छिन्। “खासगरी, महिलाका लागि खुशी र स्वस्थ रहनु अनिवार्य पनि छ”, करिश्मा भन्छिन्, “आफू दुःखी भएर अरूलाई खुशी पार्न सकिंदैन।” मानिसले शरीर प्रयोग गरेर धेरै थोक कमाउने हुनाले जीवन नै धान्ने शरीरलाई माया गर्नुपर्ने उनी बताउँछिन्। स्वस्थ, सुन्दरता, परिवार र कामलाई सँगै लिएर हिंडेकीले आफू आम नेपालीको हिरोइन हुनसकेको उनको भनाइ छ। नेपाली सिनेमाको कमजोरीका जानकार हिरोइन करिश्मा नायिकाहरूको जथाभावीले यो क्षेत्र बद्नाम छ भन्ने भनाइको कडा प्रतिवाद गर्छिन्। उनी भन्छिन्, “यो क्षेत्रको मर्यादाको सीमा र माया यसलाई नै जीवन बनाएको हामीलाई भन्दा बढी अरूलाई हुनु अनौठो हो।”

नयॉं शक्तिमा प्रवेशबारे करिश्मा मानन्धर के भन्छिन ? 
नयाँ शक्तिमा आवद्ध हुनुपूर्व मैले तीन दिनसम्म आफैसँग अन्तरक्रिया गरेँ ।के म कलाकार भएर राजनीति गर्नै नहुने हो त ? राजनीतिमा लाग्दा मेरो हजारौं दर्शक गुमाउने त होइन ? किनकी, राजनीति भनेको फोहोरी खेल हो, भन्ने छाप समाजमा परेको छ ।
सोचेँ, यदि मैले दोस्रो पुस्तालाई राजनीति भनेको फोहोरी खेल भनेर सिकाए भने देश कता जान्छ त ? राजनीतिको खोलभित्रबाट व्याक्तिगत स्वर्थको लागि युवापुस्तालाई गलत पाठ पढाईको छ । मेरो प्रश्नको जवाफ आफैंमा खोजेँ । अनि, भित्री मनले भन्यो ‘म जे गर्दैछु ठिक गर्दैछु ।’
भगवानले हरेक मानिसलाई ठीक र बेठीक छुट्याउन सक्ने विवेक दिएका छन् । त्यो आफैंले थाहा पाउन सक्नुपर्छ । राजनीति गर्ने वा नगर्ने ? यसबारेमा मेरो अन्तरआत्ममा संघर्ष चलिरहेको थियो । त्यो बेला म कसैसँग भेट्दा पनि भेटिन, कुनै कुरामा छलफल पनि गरिन् ।मेरो जीवनको पहिलो निर्णय हो, जुन परिवारलाई बताइन । म मेरो विचारलाई डगमगाउन दिन चाहान्थ्येँ । राजनीतिमा लाग्ने निर्णय आफ्न्तलाई सुनाएँ भने विचार डगमगाउन सक्छ भन्ने लाग्यो, कसैलाई जानकारी नै दिइनँ ।कलाकारिता क्षेत्रमा आफ्नो स्थान बनाएको मान्छे राजनीतिक बाटो कस्तो होला भन्ने आत्मसंघर्षकै बिचमा मेरा तीन दिन एक्लै बिते ।

राजनीतिले श्रोता दर्शकलाई पर्ने प्रभावको बारेमा पनि सोचेँ ? ठीक छ उहाँहरुलाई तत्काल दुःख लाग्न सक्छ ? तर, समयले सबै कुरा बताउँछ । मैले राम्रो गर्दै जाँदा समयले उहाँहरुको अगाडि सबै कुरा स्पष्ट गर्ने छ भन्नेमा बलियो भएँ ।
माघ १० गते भएको कार्यक्रमा पुगेँ । अघिल्लो दिन रातभर निद्रा लागेको थिएन । कार्यक्रमपछिका तीन दिन कसैलाई भेट गरिन् । म नयाँ शक्तिमा लागेको कुरा मिडियाले सकारात्मक र नकारात्मक दुवै ढंगले निकै प्रचारमा ल्याए ।
सञ्चारमाध्यबाट एक्कासी करिश्मा मान्धर नयाँ शक्तिमा भन्ने समाचार सुनेपछि परिवारका सबै जना अचम्मित हुनभयो । टिभीमा समाचार हेरेपछि आमाले फोन गरेर भन्नुभयो ‘ल तिमी लागेछौं, राम्रो गर भन्दै खुशी हुनुभयो । विनोदको (श्रीमान) एउटा मात्र प्रश्न थियो, तिमी बुझेर लागेको हो ? उहाँले मलाई पहिला जसरी साथ दिनुभएको थियो अहिले पनि त्यसैगरी साथ दिनुभएको छ ।
सबै मिडियामा आएका समाचार अध्ययन गरेँ र, मनमा सोचें ‘सत्य कहिल्यै हार्दैन, जस्तो सुकै भएपनि अन्तिम जित सत्यकै हुन्छ’ भन्ने विचारले नकारात्मक सोचका विरुद्ध आफूलाई विजय बनाउन सकेँ ।
मलाई राम्रोसँग थाहा छ , राम्रा पत्रिकाले राम्रै लेख्छन् । अहिले म मा नकारात्मक कुरासँग लड्ने तत्वको विकास भैसकेको छ । म जे छु त्यही हो, कसैलाई केही भन्नुछैन् । पछिबाट कराउनेको अर्थ हुँदैन । अघि म छु, म देश विकासको अभियानमा केही योगदान गरौँ भनेर लागेको हो, अरूको कुराले फरक पार्दैन ।
केही सञ्चारमाध्यमले क्रमश प्रहार गरेँ । दुई तीन दिन निद्रा लागेन । तीन दिनपछि डा.भट्टराईले सोध्नुभयो ‘अरु साथीहरुलाई तनाब झेल्ने बानी परेको छ, तपाई राजनीतिमा नयाँ मान्छे, निदाउनु त भएको छ नि ?’ म माथि चौतर्फी प्रहार भइरहेको थियो । त्यो कुरा बुझेर होला डा.भट्टराईले सोध्नु भएको । मैले भने ‘ठीक छु केही छैन ।’
समाजिक सञ्जालमा मैले राजनीति गरेर ठूलै अपराध गरे जस्तो गरी निकै तल गिरेर केही व्यक्तिहरुले आफ्ना विचार राखे । कतिपय राजनीतिक दलका नेताहरुले आफ्नो वास्तविक औकात देखाएँ ।
कतिपयले मेरो कुनै विचार र दिमाग छैन जस्तो गरि प्रतिक्रिया दिए । हुन पनि हो कुनै पनि कलाकारलाई राजनीतिक पार्टीले निर्णय गर्ने तहमा पुर्‍याएकै छैन । यो पाँच महिनामा नकारात्मक सोच राख्ने मानिसबाट आफूलाई मजवुद बनाउने मौका पाएँ ।
बिषलाई अमृत बनाउने नयाँ शक्तिको उद्घोष हो । रियाक्टिप होइन, प्रोयाक्टिप राजनीति गर्ने हाम्रो उदेश्य हो । त्यसकारण कलाकार विचार नभएका हुन्छन् भन्ने सोच राख्नेलाई भन्नु केही छैन ।
उहाँहरुको जवाफ काम गरेर दिनेछु ।

ओएस नेपाल

Leave a Reply

%d bloggers like this: