दोष लाउनुको पनि तरिका हुन्छ नी ! रबिलाई फसाउन गरिएको नाटक थियो भूत काण्ड ? (भिडियो)

ललितपुरको टिकाथलीको घरमा आएको समस्यालाई लिएर पछिल्लो समय बिभिन्न टिका टिप्पणी भएका छन् । रबि लामिछानेले कार्यक्रममार्फत उक्त घरमा भएको समस्याबारे बताएसंगै सर्वत्र रुपमा भूतको संज्ञा भयो । रबि लामिछानेले कार्यक्रममा भुत घर भनेका थिएनन् । प्रत्येक कार्यक्रममा उनले उक्त परिवार समस्यामा रहेको र कुनै आत्मा वा भूतप्रत नभई कुनै व्यक्तिले घटना बनाएको भन्ने कुरा गरे र अन्तत् यसलाई प्रमाणित गर्दै कार्यक्रममा समेत देखाए । भुत घरको संज्ञा दिदै बिभिन्न धार्मिक र तान्त्रीक व्यक्तीहरुको भनाई पनि बाहिर आयो । रबि लामिछानेले उक्त कुरा खोतलेर गल्ती गरेको भन्दै केही व्यीक्तहरुले सामाजिक संजालमा दुखेसो समेत पोखेका छन् । रबि लामिछानेले त एउटा परिवारमा भएको समस्यालाई देखाएका थिए, आखिर किन उक्त घटनाको दोषिको रुपमा उनलाई हेरिन्छ ? कतिपयले रबिलाई फसाउन उक्त नाटक भएको समेत भने आखिर किन ? घरमा भुत वा आत्माले दुःख दिएको भन्दै सर्वत्र कुरा भईरहदा रबि लामिछाने र उक्त घटना घटाउनेबीच के सम्बन्ध ? यो भिडियो हेरौं ।
[youtube https://www.youtube.com/watch?v=-txoSd8Lk9U&w=640&h=360]