देश बनाउने नेतालाइ मकाउ बाट युवाले यसरी दिए कबिता बाटै झटारो : भिडियो

** लेण्डुप दोर्जे नबनी देउ गर राम्रो काम**

मुखले राम राम भन्नी बगलीमा छुरा,
काटेर नथाक्ने भो केपी ओलीका कुरा।
राष्ट्रबादी हुँ भन्दै जनता ढाट्यौ किन?
भारत सामु झुक्यौ तिमी माफी माग्न हिन।

सार्बभौम राष्ट्रको आफ्नै निति हुन्छ,
रक्षा र परराष्ट्र किन लिन्छु भन्छ।
यस्तो दुख दिदा पनि किन तिमी झुक्यौ,
प्रधानमन्त्री बन्नलाई भारत तिरै ढुक्यौ।

भारतले सिमा मिच्दा तिमी मौन किन?
शुष्मालाई पाटी दियौ आफै फाईदा लिन।
देशको माया भन्दा पनि पद भयो प्यारो,
नेपाल र नेपालीलाई हुने भयो गारो।

मोदी आयो भाषण ठोक्यो नेता हसाई दियो,
नाकाबन्दी गराएर हामीलाई दुख दियो।
यस्तो दुख दिदा पनि किन तिमी झुक्यौ,
प्रधानमन्त्री बन्नलाई भारत तिरै ढुक्यौ।

लेण्डुप दोर्जे नबनी देउ गर राम्रो काम,
भारतसंग किन जोड्छौ तिमी आफ्नो नाम।
बिगतमा जे जे गर्यौ अब राम्रो बन,
राष्ट्रबादी बन्नलाई के के चाहिन्छ भन।
जय नेपाल।