जीवन र मृत्युको लडाईलाइ अंगालोमा हालेर हिड्ने बिचारी यी २९ वर्षिय कुमारी, यस्तो छ कहाली लाग्दो कथा ( उपचारको लागि सक्दो सेयर गरि सहयोग गर्नुहोस )

तपाईको नाम केहो ? भनेर मैले सोध्न नपाएँदै एकै लयमा जवाफ आउँछ, नमस्ते मेरो नाम कुमारी निरौला हो । मेरो घर पाँचथर जिल्लाको मौवा गाविसमा पर्छ ।तपाई कति वर्षको हुनुभयो नी ? मेरो अर्को प्रश्नमा उनले अलि रोकिएर भनिन् २९ वर्ष ।

पाँचथर जिल्ला साविकको मौवा गाविस घर भएकी कुमारी निरौला अहिले विर अस्पतालमा उपचाररत छिन् । उनको घाँटीमा ट्युमर छ, त्यसकै शल्याक्रियाका लागी उनि २ वर्षदेखि विभिन्न अस्पताल धाइरहेकी छिन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएकी निरौलाको उपचारका लागी राजधानीका केही समाजसेवीहरुले आर्थिक जोहो गरिरहेका छन् ।

आफु १२ वर्षको हुँदा नै ट्युमर हो भन्ने थाहा पाएपनि पैसा अभावमा उपचार गर्न नसकेको उनले बताइन् । उनि भन्छिन्, मेरो बुवा वितेको पनि १५ वर्षजति भयो, अंकलहरुलाई उपचारका लागी अस्पताल लगिदिनुहोस् भन्दा सुनेपनि नसुनेझै गरे ।

आफुले विद्यालयको मुखै नदेखेको बताउने निरौलाले भनिन्, घरखर्च चलाउन र भाइबहिनी पढाउन्, अर्कोको मल, दाउरा घास बोक्ने काम गर्थे । उनको घाँटीमा ठूलो ट्युमर छ, २ वर्षअघि सानो शल्यक्रिया गरेर केही सहज बनाइएपनि ट्युमर फेरी बढ्न थालेपछि, उपचारमा समस्या हुने पो हो की भनेर चिन्ता हुने गरेको उनि बताउँछिन् । उनले २ वर्षअघि टिचिङ अस्पतालमा पहिलोपटक ट्युमरको शल्यक्रिया गरेको बताइन् ।

अहिले उनि राजधानीमा आफ्नो माइजुको दिदीको घरमा बसेर अस्पताल धाइरहेकी छिन् । शल्यक्रिया गर्नुभन्दा पहिले विरामीको आफ्नो मान्छेले मञ्जुरीनामा पत्रमा सहि गर्नुपर्ने हुन्छ, कुमारी भन्छिन्, यसकालागी पनि मेरा अंकलहरु अस्पतालसम्म आईदिएनन् ।

भक्ति दर्शन टेलिभिजन मार्फत दीपीका श्रेष्ठ, हिमा शर्मासँग सम्पर्क भएपछि उहाँहरुले नै अहिले उपचारमा सहयोग गरिरहेको उनले बताइन् । यहि माघ २६ गते कुमारी ट्युमरको शल्यक्रिया गर्न अस्पताल भर्ना हुँदैछिन्, २८ गते उनको शल्यक्रिया छ तर शल्यक्रियाका लागी चाहिने पैसा उनिहरुसँग जम्मा भइसकेको छैन्, कुमारी भन्छिन्, दाई दिदीहरुले पैसा संकलन गरिरहनुभएको छ, शायद अप्रेशन हुन्छ, होला ।

यदि तपाईको सानो सहयोगले कसैले नयाँ जिवन पाउँछ भने, किन सहयोग गर्न पछि हट्ने
सहयोगका लागी 
सम्पर्क नम्बहरु 
कुमारी निरौलाः ९८६२७६१४१८
बसन्त खण्डेल्वाः ९८१८४८१३२९
दिपीका श्रेष्ठः ९८५१२३५१४०

भिडियो कुराकानी