कत्ति राम्रो सन्तपुर बस्ती, मुख्य ५ वटा हेर्नेपर्ने कुरा (हेर्नुहोस)

आमा तिम्रो लागि घर बन्यो ! मन छुने भिडियो

पिडालाई नजिकबाट नियाल्दा, आफ्नै मनमुटु प्रताडित हुन्छ । हरेकका दुखले हरपल आफैंलाई घोच्छ । पहाडी भेगलाई भुकम्पले थिलथिलो पार्दा पुननिर्माणमा जुटेका हामी तराई डुबेर हजारौं मानिस घरबार विहिन भएको टुलुटुलु हेरेर बस्न सकेनौं । राहत र उद्धारले मात्र मन शान्त भएन त्यसैले सहयोगी मनहरु एकत्रित गर्दै रौतहटको सन्तपुरमा बाढी प्रभावितका लागि एकीकृत बस्ती निर्माण गर्ने अठोट गरेउ। किनकी राम्रो कामको लागि सहयोगी मनहरुको साथ सधैं हुन्छ छ भन्ने पुर्ण विश्वास हाम्रा अघिल्ला बस्ती हरुबाट नै प्रष्ट भैसकेको थियो । सोही अनुरुप यो बस्तीको लागि पनि यती धेरै सहयोग प्राप्त भयो कि जुन बयान गरेर साधे नै छैन !!! सह्योगी मन लाई नमन गर्दछौं । हमिलाइ दैनिक सहयोग भै रहेकै छ, तथापि बस्ति निर्माणको लागि अझै १ करोड भन्दा बढी रकम अभाव नै छ ,रै पनी सहयोग मिल्नेछ छ भन्ने बिश्वास का साथ खुट्टा नकमाइ काम लाई अघि बढाइरहेका छौँ । आशा छ हाम्रो भावना लाई बुझिदिनु हुनेछ !! तपाईं हरु ले सहयोग गरेको बस्ती १०० दिन मा एस्तो देखिन थालेको छ!!
Dhurmus suntali