Wednesday , October 18 2017
Breaking News

महिला खुशी भएमात्रै पुरुषले पनि पाउँछन् यौन सन्तुष्टि : अध्ययन

एजेन्सी– कुनै पनि जोडीको यौन सफलतामा पत्नीले निर्वाह गर्ने भूमिका निर्भर हुने एक नयाँ अध्ययनले देखाएको छ । महिला खुसी रहेमा र जीवनप्रति उत्सुक देखिएमा जोडीको यौन जीवन निकै आनन्दपूर्ण र व्यस्त हुने अध्ययनमा उल्लेख छ । तर श्रीमानको मुड र व्यक्तित्वले जोडीको यौन सम्पर्कको आबृत्तिमा कुनै फरक नपर्ने बरु पत्नीले धित मरुन्जेल यौन सन्तुष्टि पाउने अध्ययनको दाबी छ ।

नवविवाहित २७८ जोडीबीच गरिएको अध्ययनमा पत्नीको स्वीकारोक्ति र खुलापनले विवाहको सुरुवातीका दिनमा बढी यौन सम्पर्कको सम्भावना दर्शाइएको छ ।

अध्ययनका क्रममा सहभागी सबै जोडीलाई उनीहरुको यौन गतिविधिलगायत वैवाहिक जीवनबारेमा दुई साता लामो डायरी लेख्न लगाइएको थियो । उनीहरुको आफ्नो यौन कार्यलाई १ देखि ७ सम्म रेटिङ गर्न अनुसन्धानकर्ताले लगाएका थिए ।

औसतमा जोडीले दुई सातामा तीनदेखि चारपटक यौन कार्य गरेको पाइएको थियो । श्रीमानको व्यक्तित्व र यौनको आवृत्तिबारे कुनै सम्बन्ध नभएको अनुसन्धानकर्ताहरुले बताए ।

अमेरिकाको फ्लोरिडा स्टेट युनिर्भसिटीले गरेको सो सर्बेक्षणमा यसअघि महिलाको तुलनामा पुरुषले नै यौन कार्यको कदम चाल्छन् भन्ने भनाईप्रति पनि चासो जनाएको छ । तर अध्ययनले ‘पुरुषको व्यक्तित्व भन्दा महिलाले नै यौन सम्बन्धलाई भविष्यबाणी’ गर्ने उल्लेख गरेको छ ।

यौन सन्तुष्टिको सवालमा महिला र पुरुष दुवैको व्यक्तित्वलाई अध्ययनले महत्व दिएको छ । ‘जति उनीहरु मानसिक रुपमा विक्षिप्त हुन्छन्, त्यति नै सन्तोषको तह न्यून हुन्छ,’ अध्ययनको निष्कर्ष छ । @ स्वास्थ्य खबरपत्रिका

Leave a Reply