मान्छे मारेपछि प्रहरी र विद्यार्थी बिच ढुगां हानाहान

पोखरा, २३ माघ । नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा-पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएपछि पोखरामा तनाव सिर्जना भएको छ ।सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो । पृथ्वीनारायण क्याम्पस रहेको बगर क्षेत्र तनावग्रस्त छ । विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ । झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
[youtube https://www.youtube.com/watch?v=8TCQLpDi-_E]