अस्थाई राजधानी ले भविष्यमा मा द्वन्द  ,निम्त्याउने संकेत ?  

एकातर्फ  प्रदेश को समृद्धि को सपना बोकेर प्रदेश सभा को पहिलो बैठक बस्ने तैयारी जोर शोर मा छ , प्रदेश २ को जनकपुर ,५ को बुटवल ,६ को सुर्खेत र ७ को धनगढी मा बैठक को तैयारी पुरा भएको छ । प्रदेश  ३ को पहिलो बैठक माघ १८ मा सम्पन्न भै सकेको छ भने प्रदेश १ को माघ १ गते तोकिएको छ भने अर्को तर्फ  को शेर बहादुर नेत्रत्व को सरकार द्वारा  जानी जानी वा न जानी वा कसैको इशारा मा हतारो मा  तोकेको प्रदेश को अस्थाई राजधानी प्रकरण ले  भविष्यमा   भयङ्कर द्वन्द र अराजक स्थिति को रुप धारण गर्न सक्ने  पुर्व संकेत  प्रदेश २ र ३  मा देखिन थालेका  छन् ।

हाल सामान्य  र सानो समस्या जस्तो  देखिएता पनि प्रदेश  राजधानी प्रकरण ले प्रचण्ड बहुमत प्राप्त सत्तासिन हुन् लागेका  बाम गठबन्धन  सरकार को लागि असहज स्थिति को निर्माण गर्ने  प्रबल सम्भावना छ । प्रदेश को राजधानी प्रदेश का जनता का लागि सबै कोण ले उपयुक्त हुनु पर्दछ चाहे त्यो सुगमता को दृस्टीकोण ले  होस्  चाहे  सुरक्षा को दृस्टीकोण ले होस् तर प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेत बाहेक प्रदेश  १ को बिराटनगर ,२ को जनकपुर ,३ को हेटौडा ,५ को बुटवल र ७ को धनगढी उल्लेखित प्रदेश मा बहुसंख्यक जनता का लागि सुगमता र सुरक्षा को दृस्टीकोण उपयुक्तले छैन । हालसालै  चुनाव सम्पन्न भएको गाउँ पालिका को कार्यालय जनता लाई पायक  पर्ने गरि तोकिए का छन् भने प्रदेश राजधानी तोक्दा शेर बहादुर नेत्रत्व को सरकार ले सत्तासिन हुन् लागेका बाम गठबन्धन को सरकार लाई सत्ता संचालन गर्न कठिनाई होस् भनि जानी जानी तोकेको प्रतित हुन्छ ।

चुनाव आउछ जान्छ हिजो काँग्रेस को जनमत थियो भने आज बाम को जनमत छ तर राजनीतिक दल हरु ले गम्भीर रुप मा मनन गर्ने कुरा के हो भने पार्टी  ले विजय प्राप्त गर्ने होइन राष्ट्र ले विजय प्राप्त गर्नु पर्छ तर दुर्भाग्य नेपाल को राजनीतिक दल हरु मा राष्ट्र लाई विजय गराउने परिपाटी देखिएन  जसको प्रत्यक्ष प्रमाण शेर बहादुर नेत्रत्व को सरकार द्वारा प्रदेश राजधानी चयन मा देखियो ।

नेपाल को राजधानी काठमाडौँ परिवर्तन  गर्ने सन्दर्भ मा समय समय मा  चर्चा परिचर्चा हुने गर्दछ तर त्यो सार्थक  न हुनु को मुख्य कारण सुरक्षित राजधानी हुने  उपयुक्त स्थान न हुनु नै हो । अंग्रेज साम्राज्य ले  भारत विजय को सुरुवात बंगाल  बाट गरेको थियो र राजधानी का लागि उपयुक्त   सम्पूर्ण पूर्वाधार को निर्माण गर्दै केहि समय का लागि कोलकाता  लाई  राजधानी तोक्दै भारत मा राज्य संचालन पनि गर्यो तर सम्पूर्ण भारत मा राज्य संचालन गर्न तथा  अंग्रेज का तत्कालिन प्रतिद्वन्दी  राष्ट्र फ्रान्स,  पोर्तुगल ले पनि भारत का केहि समुन्द्री भूभाग संग जोडिएको स्थान मा कब्जा गरेको कारण सुरक्षा को दृस्टीकोण ले  कोलकाता लाई अनुपयुक्त घोषणा गर्दै  मुगल शासक हरु द्वारा  राजधानी को रुप रोजेको दिल्ली लाई नै राजधानी बनाउन पर्यो  ।

स्मरण गर्ने कुरा के छ भने  भारत द्वारा गरिएको अघोषित नाकाबन्दी  होस् चाहे  मधेश आन्दोलन ,  थारु आन्दोलन ,  प्रदेश को सिमा विवाद को रुप मा चर्केको आन्दोलन  को केन्द्रबिन्दु  बिराटनगर, धनगढी , बुटवल  रहेको थियो र पुनः विगत जस्तै  आन्दोलन हुने छैन भन्ने कुनै निश्चितता पनि छैन । थारु ,मधेशी र प्रदेश सिमा विवाद  को आन्दोलन विशुद्ध रुप मा पहिचान र  अधिकार को सन्दर्भ मा भएता पनि नेपाल को दक्षिण स्थित  भारतिय सिमाना नजिक भएको  कारण अराजक तत्व को घुसपैठ हुदैन अथवा बिगतमा भएन भन्नु गलत हुने छ।  नेपालमा  शान्ति ,स्थायित्व,र द्रुततर विकाश को निमित्त अनावस्यक आन्दोलन र अराजक स्थिति मा पूर्ण विराम लाग्नु  पर्छ ।

शेर बहादुर नेत्रत्व को सरकार ले द्वन्द निम्त्याउन प्रदेश राजधानी चयन मा गरिएको  त्रुटी लाई सच्याउन राजनैतिक दल हरु ले प्रतिष्ठा को विषय भन्दा पनि विकाश ,शान्ति तथा राष्ट्रहित मा केन्द्रित हुनु पर्दछ ।याद रहोस  विगत जस्तै ढिला सुस्ती गरेर प्रदेश राजधानी चयन मा गरिएको त्रुटी लाई सच्याउन विलम्ब गर्नु हुदैन विलम्ब गरिए प्रदेश राजधानी प्रकरण ले विस्फोटक रुप अख्तियार गर्न सक्छ ।

अमरदीप मोक्तान ,
डाडाखर्क ,दोलखा