धुर्मुस (सिता राम कट्टेल) दिनु भयो चुले निम्तो जाने हैन त ?

रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे।

यहि माघ २३ गते बस्ती हस्तारन्तरण गर्ने कुरा सिताराम कटेलले जनाएका छन् । हेरौ आज धुमुसले आफ्नो फेसबुक वालमा मेसेज सहित सबैलाई चुले निम्तो छोडेका छन |

***चुले निम्तो***
भुकम्प जान्छ पिडा हामी नेपाली लाई नै हुन्छ, शितलहरको सिकार हामी नै हुन पर्छ । बाढी र डुबानको चपेटाले हामीलाई नै च्याप्छ । तर हरेक बिपदले हामी लाई पिडा दिए पनि हाम्रो मन त्रसित छैन ! विशाल मनका धनीहरु एकजुट हुँदाको परिणाम हो ‘ एकीकृत नमूना सन्तपुर बस्ती’ । बाढीका कारण विस्थापित एवं घरबारविहीन भएका सयौं परिवारको अझै बिचल्ली छ । तिनैमध्ये हाम्रो आँट अनि हजुरहरुको सहयोग र हौसलाले ४७ परिवारलाई घरसहितको सुन्दर बस्ती हस्तान्तरण माघ २३ गते गर्दैछौं । यो खुशीको क्षणमा हामी हाम्रा सम्पुर्ण सहयोगी हात, शुभेच्छुक तथा शुभचिन्तकको उपस्थितिको अपेक्षामा छौं । सबैको साझा प्रयासबाट बनेको यो बस्ती सबैजना मिलेर हस्तान्तरण गरौं, सबैलाई चुले निम्तो ।

हेरौ केहि दिन अगाडी धुर्मुसले गर्नु भएको लाइव भिडियो