राजकीय सम्मानको भव्य तयारी

दिव्यचक्षु, काठमाडौं। विश्वहिन्दु सम्राट पूर्वीय श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार श्रीगोवद्र्धनमठ–पुरीपीठ, ओडिशा, भारतको १४५ औं श्रीमज्जगद्गुरु–शङ्कराचार्य स्वामीनिश्चलानन्दसरस्वतीको “पट्टाभिषेक–पञ्चविंशतिवर्षपूत्र्ति–महोत्सव” मा सहभागी होइबक्सन यही २०७४ माघ २२ गते भारतको ओडिशा सवारी होइबक्सिदै छ ।
काठमाडौँ–कलकत्ता उडानमा मौसुफका साथ निजी सचिव सागर तिमिल्सिना, पीएस्ओ डिएसपी शिवराम राउन, शाही अर्दली हस्तबहादुर थापा पनि रहनुहुनेछ । प्रमुख अतिथिको रुपमा आमन्त्रित मौसुफ सरकार त्यहाँको कार्यक्रम सम्पन्न भएपछि फागुनको पहिलो साता स्वदेश फिरिबक्सिने छ ।
जगन्नाथपुरी गोवद्र्धन र रामेश्वर आदि भारतका प्रमुख तीर्थस्थलहरूका गर्भगृहमा नेपाल नरेशले मात्रै पूजा गर्ने परम्परा रहिआएको छ । नेपालका राजा बाहेक ती गर्भगृहहरूमा भारतका राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्री जोसुकै किन नहुन्– संसारका कोही पनि पस्न पाउँदैनन् । त्यहाँ मौसुफलाई राजाकै हैशियतमा मान सम्मान दिएर सवारी चलाइँदैछ ।
महामहोत्सवमा लाखौंलाख जनता सहभागी हुनेछन् । समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराज लगायत अन्य राज्यका मुख्यमन्त्रीहरू, असंख्य साधुसन्तहरू पुग्नुहुनेछ । सो महामहोत्सवमा नेपालमा चोरबाटोबाट विस्थापित गरिएको राजतन्त्रात्मक हिन्दु अधिराज्य पुनस्र्थापनाको अभियान चलाइने रणनीति तया भएको अडकलबाजी गरिदैछ । नेपाल र भारतको धार्मिक क्षेत्रका लागि साँस्कृतिक रुपमा मात्रै भएपनि राजतन्त्रात्मक हिन्दु अधिराज्य पुनस्र्थापित गराउने मेसो चल्दैछ ।
पूर्वीय श्री ५ बडामहारानी सरकार यही माघ २६ गते सिमरा सवारी होइबक्सिने कार्यक्रम पहिल्यै तय भएकाले मौसुफका साथ पुरी सवारी होइबक्सिने छैन । पूर्वीय बडामहारानी कोमलको शुभ जन्मोत्सव यसपटक सिमरामा नै मनाइने जस्तो छ ।

यता पूर्वीय श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेवबाट गत बुधवार गुह्येश्वरी तथा पशुपतिनाथ सवारी होइबक्सी पूजाअर्चना गरिबक्सियो । मौसुफको सवारी हुने चाल पाएर शुभचिन्तकहरू गुह्येश्वरी र श्रीपशुपतिनाथ परिसर पुगेर जयजयकारको नारा घन्काएका थिए ।
यसअघि मौसुफको नेपालगञ्ज सवारी मुकाम भएर बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत तथा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराजको विशेष निमन्त्रणामा राजकीय सम्मानका साथ चलाइएको सवारीमा संवाद सचिव डा.फणिराज पाठक पनि हुनुहुन्थ्यो । संवाद सचिव पाठक हर्नियाको अप्रेशन गरेर आराममा रहनुभएको छ ।
विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रियका मार्गदर्शक अध्यक्ष तथा मानार्थ शाही पाश्र्ववर्ती ज.भरतकेशर सिंह भारतको विशेष निमन्त्रणामा मौसुफको सवारी साथ रहनु हुनेछ । सिंह यसअघि नेपालगञ्जको सवारी शिविरमा पनि हुनुहुन्थ्यो । मौसुफको लखनऊ यात्रामा पनि ज.सिंह सँगसँगै हुनुहुन्थ्यो ।
यसैबीच २०७४ माघ २० गते शनिवार पूर्वीय युवराज्ञी हिमानी सरकार ललितपुर लगनखेलस्थित बटुक भैरब सवारी होइबक्सी दश महाविद्या पूजनको समापन समारोहमा विशेष पूजा तथा पूर्णाहुति गरिबक्स्यो । मौसुफको सवारीमा जयजयकार घन्किएको थियो ।
दिव्यचक्षु साप्ताहिक, वर्ष ३७ अंक २७, २०७४ माघ २२ गते सोमवार  – लाल नेपाली हिन्दु सन्यासी को फेसबुकबाट साभार

पुर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी ललितपुर (लगनखेल) स्थित बटुक भैरबमा पुजा अर्चना गरिबक्सेको थियो। दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिबाट आयोजित हुने यस पुजामा हिमानी शाह बाट पुर्ण आहुति गरिबक्सने कार्यक्रम रहेको थियो। तेसै क्रममा स्थानीय बासी र समर्थकहरुको उल्लेखनीय उपस्थिति थियो कार्यक्रमको केही दृश्यहरु Video & Photos Courtesy : Rajkumar Thapa