आफ्नो प्रेमी आफ्नै दिदीसंग सल्कीएपछि.. (भिडियो)

एउटै केटाले साख्खै दिदी बहिनीलाई ताकेपछि के होला ? दिदीसंग प्रेममा रहेको केटाले बहिनीसंग पनि प्रेमको नाटक गरेपछि बहिनीले केटाको हत्या सम्म गर्न पछि पर्दिनन् । पारिवारीक र समसामयीक कथाबस्तुमा आधारीत सर्ट भुमी ‘थ्रि ईन वान’ को ट्रेलर सार्वजनिक भएको छ । घरमा दिदीको व्यवहारले बहिनी पनि केटाको संगत गर्न बाध्य भएको तर पछि दुबैले संगत गर्ने केटा एउटै परेको कथा रहेको निर्देशक सुमिन गुरुङले बताए । आफ्नो प्रेमीको आफ्नै दिदीसंग र गाउँले अर्की केटीसंग चक्कर चलेको थाहा पाएपछि बहिनीले केटाको हत्या गर्ने प्रयास गरेको अर्का निर्देशक संकल्प चापागाईले बताए । आप्mनो कृयाकलापले आफू भन्दा सानालाई कतिको असर पार्छ र कस्तो ठाउँमा प्रेम र मस्ती शेयर गर्नुहुन्छ भन्ने कुराको सन्देश दिने खालको मुभी बनेको लेखक सुबास अम्गाईले बताए । सर्ट मुभी ‘थ्रि ईन वान’मा सुमिन गुरुङ, संकल्प चापागाई, मुस्कान घले, मिङ मिङ, सिर्जना श्रेष्ठ र पुर्बिना गुरुङको अभिनय रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=oNVn51qJ2Bw&w=650&h=400]