राज्य प्रणाली नाघेर हाेटेलमा भेट्नुपर्ने सुष्मा तिम्री काे ? ओलीलाई दाहालको प्रश्न

काठमाडौं, २० माघ ।

राजनीतिक विश्लेषक भरत दाहालले सुष्मा स्वराजको नेपाल आगमन र गोप्य रुपमा भेटघाटको प्रक्रियालाई लिएर एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् ।

‘कसैकाे आधिकारिक निमन्त्रणा र एजेन्डाविना अाएकी एउटी साम्राज्यवादी देशकी मन्त्रीलार्इ जस जसले भूमिगत शैलिमा भेटेका छन्, तिनीहरूले न त राज्यलार्इ कुनै जानकारि गराएका छन्, न राज्यकाे प्रतिनिधि लगेका छन्, न राज्यका निकायसंग यसबारे कुनै सल्लाह गरेका छन्।’ उनले भनेका छन् ।

पनको यो भ्रमणले घृणित तत्वहरूलार्इ प्रयाेग गरेर इण्डियनहरूले फेरि पनि नेपालमा राज्य नामकाे कुनै निकाय छैन भन्ने सन्देश दिन सफल भएको दाहालको भनाई छ ।

‘कुत्सीत स्वार्थ पालेर बसेका घृणित तत्वहरूलार्इ प्रयाेग गरेर इण्डियनहरूले फेरि पनि नेपालमा राज्य नामकाे कुनै निकाय छैन भन्ने सन्देश दिन सफल भएका छन्। राज्यकाे अस्तित्वलार्इ इन्कार गरेर २०६२ साल मंसीर ७काे १२ बुँदे समझदारिमा तिनीहरूले यहि काम गरेका थिए।

इण्डियनहरूलार्इ रिझाउने नाममा प्रधानमन्त्री भैसकेका व्यक्तिहरू निजी भ्रमणमा अाएकि विदेशी मन्त्रीलार्इ भेट्न उ बसेकाे हाेटेलमा कुद्ने हाे कि उनी पूर्व प्रधानमन्त्रीहरू बसेकाे ठाउँमा अाउने हाे ? राज्य, पद्धति र अनुशासन सबै ताेडेर चाकरी गर्नुपर्ने सुष्मा तिम्री काे ?’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसअघि उनले दाहालले स्वरजको अहिलेको नेपाल भ्रमण गलत नियतले भएको टिप्पणी गरेका थिए । देशकाे प्रधानमन्त्रीकाे विशेष दूतका रूपमा विदेशमन्त्रीले अर्काे देशमा गएर पहिले राष्ट्र प्रमूख र सरकार प्रमूखलार्इ नभेटि (हुनेवाला) भावी प्रधानमन्त्रीलार्इ भेट्नु गलत भएको उनको भनाइ छ ।

स्वराजले नेपाल बिहिबार आएलगत्तै साँझ एमाले अध्यक्ष केपी ओलीसँग सोल्टी होटलमा ‘वान टु वान’ बार्ता गरेपछि चौतर्फी त्यो बिषयले चर्चा पाएको थियो । यहि विषयलाई लिएर दाहालले बिहिबार नै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राष्ट्र प्रमूख र सरकार प्रमूखलार्इ नभेटि हुनेवाला प्रधानमन्त्रीलार्इ भेट्नु नै गलत नियत भएको टिप्पणी गरेका हुन ।

‘एउटा देशकाे प्रधानमन्त्रीकाे विशेष दूतका रूपमा विदेशमन्त्रीले अर्काे देशमा गएर पहिले राष्ट्र प्रमूख र सरकार प्रमूखलार्इ नभेटि हुनेवाला प्रधानमन्त्रीलार्इ भेट्छ भने त्यसकाे नियतमा कति कालाेपन छ भन्ने तथ्य स्पष्ट हुन्छ।’ उनले भनेका छन् – संचारकेन्द्र