माया पुनको लिरिकल भिडियो ‘झ्याउकिरी’लाई मनपराए दर्शकले

गायिका माया पुनको हालसालै साबजनिक लोक पप गीतको लिरिकल भिडियो ‘झ्याउकिरी’लाई दर्शकले अत्यन्त मन पराएका छन् । जनवरी २२ तारिखमा आफ्नै (माया पुन) युट्युब अकाउन्टमा अपलोड गरिएको झ्याउकिरी एक साताको अबधिमा यो समाचार तयार पार्दासम्म ५९ हजार ९  सय पटक हेरिएको छ  ।

गायिका स्वयंको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । गीतमा प्रकाश केसीको मिक्सिङ रहेको छ भने, शिलान लम्सालले सम्पादन गरेका छन् ।  गित राजधानीको ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

लिरिकल भिडियोको लोकप्रियता संगै यतिबेला माया उत्साहित देखिन्छिन् । यसअघि नेपालमा नाम चलेका म्यूजिक कम्पनीका युट्युब च्यानलमा सार्वजनिक गरेका गीतले सोचेअनुरूप भ्युअर्स नबटुली रहेका बेला अहिले आफ्नै नयाँ अकाउन्ट बाट सार्बजनिक गरेको लिरिकल भिडियोमा दर्शकको प्रतिक्रिया र भ्युअर्सको बढ्दो संख्या देख्दा अत्यन्तै खुशी लागेको माया बताउँछिन् । माया भन्छिन् – ‘गीतको लिरिकल भिडियोलाई दर्शकले यती धेरै माया गर्नुभएको छ, अब भिडियो कसरी राम्रो बनाउने भन्ने चुनौती थपिएको छ ।” केही हप्तामै रमणीय गाउँमा गएर गीतको भिडियो बनाउछौं ।’ मायाले भनिन् ।
[youtube https://www.youtube.com/watch?v=3qhqvfsWwRs]