Friday , August 18 2017
Breaking News

पुर्ब राजा ज्ञानेन्द्र शाह गैडाकोटमा । हजारौ सर्बसाधारणको उपस्थिती । जे देखियो त्यही खिचियो

अबिश अधिकारी काठमान्डु
पुर्वराजा ज्ञानेन्द्र शाहलाई नवलपरासीको गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत गरेका छन् ।

कांग्रेसचोकबाट करिब ५०० मिटर भित्र रहेको गणेश मन्दिरमा राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका युवा विश्लेषक सन्तोष भुसालको बिशेस पहलमा पुजा अर्चनाको कार्यक्रम मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको थियो ।

आफै मोटर हाँकेर आएका पूर्वराजा करिब ३०० मिटर लामो लाइनमा बसेका सर्वसाधारणको फूलमाला ग्रहण गर्दै हिंडेरै मन्दिर सम्म पुगेका थिए ।
राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्दै “राजा ल्याउँ देश बचाउं” नारा घन्किएको थियो ।

आजै पूर्वराजा शाह नवालापरसिको दुम्कौली स्थित चौधरी ग्रुपले निर्माण गरेको शास्वत धाम मन्दिराको पुजामा सरिक भएका थिए ।
सोमबार चितवन पुगेका शाह भोलि राजधानी फर्किने जानकारी निर्मल निवाश श्रोतले बताएको छ ।

 

Leave a Reply