चर्चित नायिका तमन्ना भाटियामाथि जुत्ता प्रहार ! बोलिवूड़ बिशेष :

मुम्बई,

बलिउड नायिका तमन्ना भाटियालाई एक युवकले जुत्ता प्रहार गरेका छन् । दक्षिण भारतकी लोकप्रिय नायिका तमन्नालाई हैदरावादको हिमायतनगरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा ३१ वषिर्य करिमुल्लाह नाम गरेका युवाले जुत्ता प्रहार गरेका हुन् ।

ज्वेलरी सप उद्घाटन गर्न गएको बेला तमन्नमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार गर्ने करिमुल्लाहलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । तमन्नाले पछिल्लो समय निर्वाह गरेको भुमिकाले आफु निराश भएको भन्दै जुत्ता प्रहार गरेको बयान करिमुल्लाहले दिएका छन् ।

तमन्नाले हिन्दी, तेलगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी तेलुगु फिल्म ‘ना नुवे’ को सुटिङमा ब्यस्त छिन् । यही फिल्मको लागि भनेर उनले ट्याङ्गो डान्स पनि सिकेकी थिइन् । – संचारकेन्द्र