फेरी घट्यो सुनको भाउ ! ५६ हजार ९ सयमा कारोबार हुँदै

काठमाडौं, १७ माघ ।

आज सुन तोलामा २ सय घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५७ हजार २ सयमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मुल्य ५६ हजार ९ सय रहेको छ ।

साताको पहिलो दिन आईतबार देखिनै छापावाला सुन प्रति तोला ५७ हजार ४ ,तेजावी सुन ५७ हजार १ सयमा कारोबार भईरहेको थियो ।
चाँदी आज तोलामा ७५५ रुपैयाँमा कारोबार भईरहेको छ । – संचारकेन्द्र