Monday , April 23 2018
Breaking News

आजदेखि बीबीसी साझा सवाल टेलिभिजन तथा रेडियो कार्यक्रम बन्द भयो, किन ?

बर्षमान भावुक बने, अोनसरीले त आँसु नै झारिन्। बिधा चापागाई

बीबीसी साझा सवाल पेजमा यस्तो लेखिएको छ :

साझा सवाललाई दश वर्षसम्म मन पराइदिनुभएकोमा स्रोता/दर्शकलाई धेरै धेरै धन्यवाद । हरेक आइतवार प्रसारण हुने यो बहस कार्यक्रम बीबीसी नेपाली सेवा, कान्तिपुर टेलिभिजन, केही केबल टेलिभिजनहरु, ३ सय ५० भन्दा बढि एफएम रेडियो, साझा सवालको युट्युब च्यानलसहितका सामाजिक सञ्जालमा एकसाथ प्रसारण हुँदै आएको यहाँहरुलाई थाहै छ ।

यो एक दशकमा साझा सवालको यात्रा देशका सबै जिल्लामा पुग्यो । कार्यक्रमलाई सर्वसाधारणको प्रश्न, आशा, अपेक्षा, दु:ख, सुख, आक्रोश, विचार व्यक्त गर्ने साझा चौतारी बनाउने प्रयास हामीले गर्‍यौं । कार्यक्रमका ५ सय २९ मध्ये सबैजसो श्रृङ्खलामा जिम्मेवार ओहोदामा रहेका अधिकारीहरुसँग सर्वसाधारणको प्रश्नको जवाफ लिने प्रयास भइ नै रह्यो ।

दश वर्षसम्म हप्तैपिच्छे यहाँहरु समक्ष पुग्ने हाम्रो यात्राबाट अहिलेलाई हामी विश्राम लिदैछौं । तपाईँहरुले एक दशकसम्म दिनुभएको माया र भरोसालाई सम्मान गर्दै हामी कार्यक्रमका केही अंश वा औपचारिक/अनौपचारिक सम्झनाहरु लिएर यदाकदा सामाजिक सञ्जालमा आइरहनेछौं ।

हेर्नुहोस् अन्तिम अङ्क : साझा सवाल अङ्क-५२९ – दशवर्षमा के फेरियो, के फेरिएन ?

Leave a Reply