Tuesday , November 21 2017
Breaking News

नम्रता २ लाख, प्रियंका ५० हजार, म्युजिक भिडियोमा कसको पारिश्रमिक कति ? (भिडियो सहित)

काठमाडौं, फागुन २४ – अहिलेका प्राय अभिनेता र अभिनेत्रीहरुले पहिले म्युजिक भिडियोमा काम गरेपछि सिनेमामा काम गर्ने मौका पाएका हुन् । यीमध्ये केहीले सिनेमामा आएपछि म्युजिक भिडियोलाई पूर्ण रुपमा अलबिदा भनेका छन् भने केहीले सिनेमासँगै म्युजिक भिडियोलाई पनि निरन्तरता दिएका छन् ।

 

 प्रियंका कार्की

प्रियंका कार्की एक म्युजिक भिडियोमा काम गरे बापत ५० हजार रुपैयाँ परिश्रमिक लिन्छिन् । उनलाई एक पछि अर्को सिनेमाको अफर पनि आइरहेको छ र उनले निरन्तर काम पनि गरिरहेकी छिन् । तैपनि उनको म्युजिक भिडियोको काम भने निरन्तर अघि बढेको छ । प्रियंकाको एउटा बानी कसैले म्युजिक भिडियोको लागि प्रस्ताव राख्यो भने नाई भन्न सक्दिनन् र काम गरिहाल्छिन् । तर सिनेमाबाट पाएको स्टारडम र क्रेज देख्दा उनले छिट्टै नै म्युजिक भिडियोलाई अलबिदा गर्न सक्ने संकेत देखिन्छ । दर्जन बढी सिनेमामा काम गरिसकेकी प्रियंका अभिनित सिनेमा ‘राधे’ रिलिजको तयारीमा छ ।

पुष्पल खड्का

दुई सय ५० भन्दा धेरै म्युजिक भिडियोमा काम गरिसकेका अभिनेता पुष्पल खड्का यतिबेला सिनेमा ‘दर्पण छायाँ–२’ को प्रमोशनमा व्यस्त छन् । फागुन २८ देखि रिलिज हुने सिनेमा ‘दर्पण छायाँ–२’ उनको डेब्यु सिनेमा हो । हुन त उनले यो भन्दा पहिले पनि सिनेमा ‘अझै पनि’मा काम गरेका थिए तर उनी त्यो सिनेमामा अतिथि कलाकारको भूमिकामा थिए । पुष्पलले तेस्रो सिनेमामा ‘मंगलम’को पनि छायांकन सकिसकेका छन् । सिने करिअरको सुरुवातमा भएका पुष्पल म्युजिक भिडियो हुँदै आएका हुन् । उनी अहिले सिनेमासँगै म्युजिक भिडियोमा पनि काम गरिरहेका छन् । उनी एक म्युजिक भिडियोमा काम गरेबापत ३० देखि ४० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । उनको मासिक कमाई म्युजिक भिडियोबाटै झण्डै चार लाख रुपैयाँसम्म हुन्छ ।

निता ढुङ्गाना

अभिनेत्री निता ढुङगानाको सिने करिअर भने बाल्यकाल देखि नै सुरु भएको हो । पछि उनले सिनेमा र म्युजिक भिडियोलाई सँगै सँगै अघि बढाइन् । अहिले नेपाली सिनेमाकी सफल र स्थापित अभिनेत्री भइसक्दा पनि उनी म्युजिक भिडियोमा देखिन भने छाडेकी छैनन् । उनी एक म्युजिक भिडियोमा काम गरेबापत ३० हजार रुपैयाँ पारिश्रमिक लिन्छिन् । अहिले निता सिनेमा निर्भय र पञ्चायतको काममा व्यस्त छिन् ।

नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठलाई सिने कर्मीहरुले त सजिलै काममा लिन्छन् तर एउटा म्युजिक भिडियो निर्माताले काम गराउन भने साह्रै कठिन छ । करिअरको सुरुवाती दिनमा कम पारिश्रमिकमा म्युजिक भिडियोमा काम गरेता पनि अहिले सिनेमामा स्थापित भइसकेपछि उनको म्युजिक भिडियोको पारिश्रमिक पनि बढेर लाखौँ पुगेको छ । केही समय अघि मात्रै उनले एउटा म्युजिक भिडियोको पारिश्रमिक दुई लाख रुपैयाँ भनेपछि सबै छक्क परेका थिए । तर नम्रताले अहिलेसम्म कुनै पनि म्युजिक भिडियो दुई लाख लिएर भने गरेकी छैनन् । उनले त्यो भन्दा कममै गरेकी छिन् ।

सृष्टि श्रेष्ठ

अभिनेत्री सृष्टी श्रेष्ठलाई पनि म्युजिक भिडियोमा खेलाउन त्यति सहज छैन । उनी एक सिनेमामा काम गरेको पाँच लाख रुपैयाँभन्दा धेरै लिन्छिन् भने म्युजिक भिडियोमा काम गरेको पनि एक लाख भन्दा माथि नै लिन्छिन् । सृष्टिले सिनेमा गाजलुबाट ब्रेक लिएकी हुन् भने अहिले उनी दोस्रो सिनेमा रोमियो एण्ड मुनाको तयारीमा छिन् ।

 वर्षा राउत

अभिनेत्री वर्षा राउतले मोडलिङबाट करिअरको सुरुवात गरेकी हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा आएर एकाएक चर्चामा आएकी उनले अहिलेसम्म एकसय भन्दा धेरै म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । अहिले एउटा सिनेमामा साढे तीन लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गरेकी वर्षाले एक म्युजिक भिडियो खेलेबापत ३० हजार रुपैयाँको हाराहारीमा पारिश्रमिक लिन्छिन् । अहिले उनी सिनेमा ‘मेरो पैसा खोई’को सुटिङमा व्यस्त छिन् ।

पल शाह

अभिनेता पल शाहले सिनेमामा आइसकेपछि पनि म्युजिक भिडियोलाई निरन्तरता दिइरहेका छन् । उनले करिअरको सुरुवात म्युजिक भिडियोबाटै गरेका थिए । उनले अहिले एक म्युजिक भिडियोमा काम गरेको ३० देखि ५० हजार रुपैयाँको बीचमा पारिश्रमिक लिने बुझिएको छ । पलले अहिलेसम्म झण्डै तीन सय जति म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले काम गरेको सिनेमा ‘नाई नभन्नु ल–४’ रिलिज भईसक्यो भने जोनी जेन्टलम्यान रिलिजको क्रममा छ । त्यस्तै उनी अहिले तेस्रो चलचित्र ‘म यस्तो गीत गाउँछु’को सुटिङमा व्यस्त छन् ।

केकी अधिकारी

अनिनेत्री केकी अधिकारीले पनि अभिनय सँगै मोडलिङलाई पनि निरन्तरता दिएर अघि बढेकी छिन् । उनी करिअरमा सफल भए अनुसार पारिश्रमिकमा भने खासै महंगी नभएको धेरैले बताउँदै आएका छन् । केकीले पनि एउटा म्युजिक भिडियो खेलेको पारिश्रमिक ३० हजार रुपैयाँभन्दा माथि नै लिन्छिन् ।

Leave a Reply